एउटै भिसाबाट खाडीको ६ देश घुम्न सकिने नियम आउँदै
एउटै भिसाबाट खाडी मध्येका ६ देश घुम्न सकिने सुविधा आउने भएको छ ।
गल्फ सहायता काउन्सिल (जिसिसी) अन्तर्गतका कतार, युएई, साउदी अरेबिया, कुवेत, ओमान र बहराइन घुम्न सकिने ग्रान्ड टुर्स भिसाले बहु-प्रवेश भिसाको रूपमा काम गर्नेछ । एकपटक जारी भएको भिसाले ती देशहरूमा तीस दिन सम्म स्वतन्त्र रूपमा आवतजावत गर्न अनुमति दिनेछ ।
यात्रुको सुविधाका लागि आर्थिक पूर्वाधार तयार गर्ने र सम्बन्ध सुरक्षित गर्ने सरकारी प्रयास जारी रहेकाले यो वर्षको अन्त्यसम्ममा यो प्रणाली लागु हुने युएईको शारजाह वाणिज्य तथा पर्यटन प्राधिकरणका खालिद जसिम अल मिदफाले बताएका छन् ।
नियम सुरु भएसंगै यी ७ देशका आप्रवासी नागरिकले यस ग्रान्ड टुर्स भिसा जारी गरेर एक महिना भ्रमण गर्न पाउनेछन् ।
जिसिसी राष्ट्रका नागरिकहरूका लागि यी ६ देश आवतजावत गर्न कुनै किसिमको भिसा नलाग्ने नियम यसअघि देखि नै चलिरहेको छ ।