एजुकेशन सिटी रंगशालाको निर्माण कार्य सकियो
एजुकेशन सिटी रंगशालाको निर्माण कार्य सकिएको छ । यसअघि कतारको राष्ट्रिय दिवस पारेर रंगशाला उद्घाटन गर्ने योजना रहेको थियो तर सर्टिफिकेट प्रक्रिया नसकिएको भन्दै रंगशालाको उद्घाटन पछि सरेको थियो ।
जुन १५ तारिक कोभिड -१९ विरुद्ध अग्रपंक्तिमा सेवा दिने स्वास्थ्यकर्मीहरु प्रति समर्पित गर्दै एक लाईभ कार्यक्रम मार्फत रंगशालाको उद्घाटन गरिने तय भएको छ । कार्यक्रममा खेलकुदको भविष्य,मानसिक स्वास्थ्य र कोभिड -१९ को समयमा दर्शको अनुभव बारे कार्यक्रममा बहस गरिने जनाईएको छ ।
जम्मा ४० हजार दर्शक सीट क्षमता भएको यस रंगशालालाई ‘ डायमन्ड इन द डेजर्ट ‘ भनेर उपनाम दिईएको छ । सन् २०१७ मा उद्घाटन भएको खलिफा अन्तर्राष्ट्रिय रंगशाला र यो वर्षको सुरुवातमा उद्घाटन भएको अल जनौब रंगशाला पछि कतार विश्वकप २०२२ प्रतियोगिताका लागि उद्घाटन हुने यो तेस्रो रंगशाला रहेको छ ।
अल रेयानको मुटु एजुजेशन सिटीमा अवस्थित यस रंगशालामा २०२२ विश्वकपको क्वार्टरफाइनल सम्मका खेलहरु संचालन हुनेछ । भारी मात्रामा इस्लामिक कला बोकेको रंगशालाको बाहिरी भाग त्रिकोनात्मक हिरा आकारमा निर्माण गरिएको छ । विश्वकप पश्चात रंगशालाको आधा सीट फुटबल प्रेमी अन्य देशलाई हस्तान्तरण गरिने सूप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी (एससी) ले जनाएको छ । ।
रंगशाला सम्म पुग्न दोहा मेट्रोको ग्रिन लाइन सेवा पनि सन्चालन भैसकेको छ । त्यस्तै अल बायत,अल रय्यान,अल थुमामा,रस अबु अबौद र लुसेल रंगशालाको निर्माण कार्य पनि तिब्र रुपमा भैरहेको छ ।