"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

एह्तेराज एप बारे जान्नैपर्ने कुराहरु

कोरोना भाइरस प्रभावित देशहरुले बिरामीको ट्रेसिङ पत्ता लगाउन बनाएको जस्तै मोबाईल एप कतारले पनि बनाएको छ । सरकार तथा स्वास्थ्य संस्थालाई सहयोग गर्न गुगल र एप्पलको समेत यसमा सहयोग पुगेको छ ।

एह्तेराज एप कतारले गएको महिना विपत्ती ब्यबस्थापन समितीले गरेको एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । अहिले कतारमा रहेका सम्पुर्ण बासिन्दाले एप आज देखि अर्को सूचना जारी नहुन्जेलसम्म अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने नियम आएको छ ।

 

एप बारे सबैभन्दा बढी सोधिएको प्रश्नहरुको जवाफ यस्तो रहेको छ :

 

१. के हो एह्तेराज एप ?

एह्तेराज एप भाइरसको जोखिम पत्ता लगाउन बनाईएको एक स्मार्ट फोन एप हो । एपले बिरामी घुलमिल भएको स्थान पत्ता लगाउन,भाइरस बारे सतर्कता दिन ,आफ्नो स्वास्थ्य स्थिती थाहा पाउन र जाँच गराउन प्राथमिकता दिने काम गर्दछ । भाइरस बारे जनचेतना दिन र भाइरस फैलन नियन्त्रण गर्न यसको मुख्य उदेश्य रहेको छ । साथै भाइरस बारे पछिल्लो स्थितीको अपडेट लिन एप आधिकारिक श्रोत रहेको छ । त्यसैले जान्नैपर्ने कुरा के छ भने तपाईंले एप मोबाइलमा हाल्ने बित्तिकै तपाईमा भाइरस छ या छैन भन्ने कुरा पत्ता लाग्दैन ।

२. यसले के काम गर्छ ?

  • एप बाट क्वारेन्टाइनमा रहेकाहरुले नियम पालना गरेको वा नगरेको फलोअप गर्न सकिन्छ ।
  • शंकास्पद व्यक्तीहरुमा भाइरस देखा पर्ने बित्तिकै स्वास्थ्यकर्मी पुगेर आवश्यक उपचार गर्न पाउनेछन्  र भाइरस बिरामीबाट अरुमा सर्ने जोखिम घटाउन सहयोग पुग्नेछ ।
  • भाइरस लागेका व्यक्तिहरु संगै यदि घुलमेल भएको भए एपले जानकारी गराउनेछ ।
  • कतारमा भाइरसको पछिल्लो अपडेट बारे एपले जानकारी दिनेछ ।

३.डाउनलाेड गर्नैपर्ने हो र ?

हो, गएको १८ तारिक बसेको मन्त्री परिषदको बैठक मार्फत भएको निर्णय अनुसार आज मे २२ तारिक,शुक्रबारदेखि कतारमा रहेका सबै स्थानीय र आप्रवासी नागरिकले एप अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ ।

 ४. कसरी प्रयोग गर्ने ?

  • गूगल वा एप स्टोर बाट एप डाउनलोड गरेर इन्स्टल  गर्नुहोस ।
  • एपलाई ब्लुटुथ,लोकेसन अन गर्न र नोटिफिकेसन पठाउन अनुमती दिनुहोस र एसेप्ट थिच्नुहोस ।
  • फोन नम्बर ,आईडी नम्बर हालेर रजिस्टर गर्नुहोस ।
  • म्यासेजमा आएको अाेटिपी कोड हाल्नुहोस ।
  • त्यसपछि आफ्नो नाम सहित प्रश्न चिन्ह भएको बार कोड आउनेछ त्यसमा थिच्नुहोस ।

५. बार कोडको रङ्गले के भन्छ ?

  • यदि बार कोड हरियो भए तपाईं स्वास्थ्य रहेको र तपाईंमा भाइरस छैन भन्ने बुझिन्छ ।
  • बार कोड खैरो भए तपाईं भाइरसको शंकास्पद व्यक्ती हुनुहुनेछ वा तपाईं भाइरस लागेका व्यक्ती संग घुल्मेल भएको र जांच नभएको भन्ने बुझिन्छ ।
  • बार कोड पहेलो भए तपाईं क्वारेन्टाइनमा बसीरहेको भन्ने बुझिन्छ ।
  • बार कोड रातो भए तपाईमा भाइरस देखा परेको वा तपाईको नतिजा पोजेटिभ आएको भन्ने बुझिन्छ ।

७. एप हालेपछि किन ब्लुटुथ र लोकेसन अन भैरहन्छ ?

बिरामी घुलमेल भएको स्थान पत्ता लगाउन एप खोलेपछी ब्लुटुथ र लोकेसन अन भैरहन्छ । मन्त्रालयको अनुसार यसले क्वारेन्टाइनमा भएका व्यक्ती वा भाइरस भएका बिरामी तपाइको वरपर आए एपले सतर्क गराउनेछ । ब्लुटुथ र लोकेसन अन  बिना एपले काम गर्दैन ।

८. एप कुन कुन भाषामा उपलब्ध छ ?

एप अरबिक र अङ्ग्रेजी भाषामा उपलब्ध छ ।

९. एप बारे कुनै प्रश्न सोध्न परे कहाँ सम्पर्क गर्ने ?

एप बारे कुनै प्राविधिक प्रश्न सोध्न परे सरकारी सञ्चार केन्द्रको नम्बर १०९ मा २४ सै घण्टा ,सातै दिन जम्मा ९ वटा भाषामा सम्पर्क गर्न सकिन्छ ।

१०. मोबाईलमा एप डाउनलाेड गर्न नमिले के गर्ने ?

मोबाइलको सफ्टवेयर पुरानो भर्सनको छ भने एप डाउनलाेड हुँदैन । त्यसका लागि हाललाई अर्को मोबाईल परिवर्तन गर्न बाहेक अरु विकल्प छैन ।

११. आईडीको म्याद सकिए एप प्रयोग गर्न पाईन्छ ?

एप प्रयोग गर्न आईडीको म्याद भएको हुनुपर्छ । आईडी नविकरन गर्न आफ्नो कम्पनीमा सम्पर्क राख्नुहोला ।

१२. भिजिट भिसामा आएकाले एप प्रयोग गर्न मिल्छ ?

एप प्रयोग गर्न म्याद भएको आईडी चाहिने हुँदा हाललाई भिजिट भिसामा आएकाले एप प्रयोग गर्न पाउदैनन् ।

१३. डाटा वा वाईफाई छैन भने के गर्ने ?

भोडाफाेन र ओरेडाे कम्पनीका प्रयोगकर्ताले एप डाउनलाेड र प्रयोग गर्दा शुल्क लाग्दैन । तर एप प्रयोग गर्न डाटा भने अन नै राख्नु पर्नेछ ।

 

अरु पनि केही प्रश्न छ भने कमेन्ट गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button