ओलम्पिकमा कतारका बर्शिमले जिते कांस्य पदक
कतारका मुताज बर्शिमले शनिबार फ्रान्समा भएको हाईजम्पको फाइनलमा २.३४ मिटर क्रसको उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जित्न सफल भएका छन् ।
सोही खेलमा न्युजिल्याण्डका ह्यामिस केरले दुबै २.३६ मिटरको उचाइ पार गर्न नसकेपछि अमेरिकाका म्याक्वेन सेल्बीलाई जम्प-अफमा पछि पार्दै स्वर्ण पदक जिते ।
बर्शिमका लागि यो चौथो तथा अन्तिम ओलम्पिक रहेको छ । उनले लन्डन २०१२ र रियो २०१६ मा रजत पदक र तीन वर्षअघि टोकियो ओलम्पिकमा ऐतिहासिक स्वर्ण पदक जितेका थिए ।
लगातार तीनवटा विश्व उपाधि जितेका ३३ वर्षीय उनले हाईजम्पमा पहिलो पटक दुई ओलम्पिकको स्वर्ण पदक जित्दै इतिहास रच्ने आशा गरेका थिए ।
हिजो भएको खेलमा उनले पहिलो प्रयासमा २.२२, २.२७, २.३१ र २.३४ मिटर क्लियर गरेर शानदार सुरुवात गरे तर २.३६ मिटर क्लियर गर्न दुई पटक असफल भए । उनले अन्तिम प्रयासमा २.३८ मिटरको बार उठाए तर फेरि असफल भएर कांस्य पदकमा चित्त बुझाए ।
कतारी सुपरस्टारले इटालियन स्टेफानो सोतिलेलाई काउन्टब्याकमा पछि पारे । इटालियनले २.३४ मिटर क्लियर गरेपछि चौथो स्थानमा रहे । बर्शिमले गत महिना पेरिस उनको अन्तिम ओलम्पिक हुने घोषणा गरेका थिए ।
खेलमा न्युजिल्यान्डका केर पहिलो र अमेरिकाको सेल्बी दोस्रो भए ।