"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारका कामदारले सहजै रोजगारदाता फेर्न सक्ने

कतार सरकारले आप्रवासी कामदार मैत्री नयाँ कानुन अनुमोदन गरेको छ। नयाँ कानुनी व्यवस्था लागू  भए पश्चात कामदारले रोजगारदाता सहजै परिवर्तन गर्न पाउने छन् । यससँगै कतारले आप्रवासी कामदारका लागि प्रचलित कफला प्रणालीको अन्त्य भएको र त्यहाँको श्रम बजारमा व्यापाक सुधार भएको घोषणा गरेको छ। कतारमा झण्डै पाँच लाख नेपाली कार्यरत छन् ।

यसअघि एउटै कम्पनीमा पाँच वर्षभन्दा कम काम गरेका कामदारले रोजगारदाता परिवर्तन गर्न कार्यरत रोजगारदाताबाट नो अब्जेक्सन सर्टीफिकेट लिन आवश्यक पथ्र्यो। यो कानुनसँगै मन्त्रीस्तरीय आदेशबाट कामदार बर्हिगमन आदेश सम्बन्धि सबै व्यवस्था खारेज भएका छन् । यद्यपि सैनिकको हकमा भने यो व्यवस्था लागू हुँदैन।

त्यस्तै कतारको सरकारले न्यूनतम ज्यालाको विभेद अन्त्य गर्न नयाँ कानुन अनुमोदन गरेको छ। न्यूनतम ज्यालामा गैर-विभेदकारी व्यवस्था लागू गर्ने कतार मध्यपूर्वमा पहिलो हो ।

कतार सरकारको यो कदमलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा कामदार आपूर्ति गर्ने देशहरुले स्वागत गरेका छन्। उनीहरुले कतारको यो कदमलाई रुपान्तरणकारी भनेका छन्। आईएलओका महानिर्देशक गाइ राइडरले आप्रवासी कामदारको अधिकारलाई समर्थन गरेको भन्दै यसले उत्पादकत्व विस्तार तथा कुशलता अभिवृद्धि हुने बताएका छन् । कतारले सामाजिक न्याय सहितको सभ्य कामलाई प्रवद्र्धन गरेको उनको भनाई छ ।

नो अब्जेक्सन सर्टीफिकेट आवश्यक नपर्ने व्यस्थाले  कामदारले परिक्षणकालको अवधिपछि सहज रुपमा रोजगारदाता फेर्न सक्नेछन्। कामदारले रोजगारदाता परिवर्तन गर्दा उक्त कामदारलाई लिने अर्को रोजगारदाताले पहिलेको रोजगारदातालाई कामदार भर्ना गर्दाको लागत भर्पाइ गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button