कतारको लागि राजदूत पदमा नरेशविक्रम ढकालको नाम सिफारिस
कतारको लागि राजदूत पदमा नरेशविक्रम ढकालको नाम सिफारिसमा परेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको हो ।
यसअघि डाक्टर ढकाल कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको सामाजिक सल्लाहकार थिए ।
भारतको श्री सत्यशाही यूनिभर्सिर्टी अफ टेक्नोलोजी एण्ड मेडिकल साइन्सेस मध्यप्रदेशबाट शिक्षामा विद्यावारिधी गरेका ढकालले अंग्रेजी र नेपालीबाट मास्टर गरेका छन् । उनकाे स्थाइ घर सुर्खेत गुर्भाकोट नगरपालिका-२ हाे।
उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
यसअघिका राजदूत नारदनाथ भारद्वाजलाई नेपाल सरकारले फिर्ता बोलाएपछि गएको ६ महिना देखि कतारका लअगि नेपाली राजदूतको पद रिक्त छ ।
अब सिफारिसमा परेका राजदूतकाे संसदीय सुनुवाइ हुनेछ। त्यसपछि सम्बन्धित मुलुकको सहमति आएपछि नियुक्ति भएर जानेछन्।
One Comment