कतारको विमानस्थलले एक घन्टामा एक सय उडान धान्ने
कतारको दुई विमानस्थलले एक घन्टामा एक सय उडान धान्न सक्ने क्षमता रहेको कतार एयर ट्राफिक कन्ट्रोलले बताएको छ ।
हालसालै कतारले आफ्नै एयरस्पेस डिजाइन प्रयोगमा ल्याएपछि विमानस्थलको उडान क्षमतामा उल्लेखनीय वृद्धि भएको छ ।
“फिफा विश्वकप प्रतियोगिताको समयमा प्रति दिन करिब १,६०० हवाई उडान हुने अपेक्षा गरिएको छ “, एयर ट्राफिक कन्ट्रोल सेन्टरका प्रमुख मोहम्मद अल अस्माखले बताएका छन् । उनको अनुसार दुई उडान हमाद अन्तर्राष्ट्रिय विमानस्थल र एउटा दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा एकैसमयमा अवतरण र उडान गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
86
मनपर्यो
107
खुसी लाग्यो
14
दुःख लाग्यो
5
रुन मन लाग्यो
14
हाँसो लाग्यो
6
रीस उठ्यो