बिज्ञापन

कतारमा आज आयोजना हुने नेपाली कार्यक्रमहरु

हरेक शुक्रबार झै कतारमा नेपाली संघ संस्थाले आयोजना गर्ने कार्यक्रमहरू मध्य यो हप्ता कार्यक्रमको निकै घम्साघम्सी देखिएको छ।हामीलाई प्राप्त जानकारी अनुसार कतारमा आज आयोजना हुने कार्यक्रमहरू यस्ता छन्

एफएफएलको दोस्रो वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम

फेसबूक बाटै स्थापित भई सामाजिक कार्यमा सक्रिय फ्रेन्ड्स फर लाइफ(जिन्दगीका लागि साथी) संस्थाले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा सांगीतिक कार्यक्रम आज दोहास्थित गल्फ होराइजन होटलमा दिउँसो १२ बजे देखि शुरू हुँदैछ ।कार्यक्रममा जिग्री र पाँडेको संगै स्थानीय गायिका देविका केसी,नवराज श्रेष्ठ,रेम के लामा,नृत्यकार छिरिङ शेर्पा,सविना तामाङ लगायत अन्य थुप्रै कलाकारहरुको पनि प्रस्तुति रहनेछ।कार्यक्रमको लागि टिकट दर ५० रियाल (साधारण),१०० रियाल (भिआइपी) गरी तोकिएको छ।थप जानकारीको लागि ३१३३३४८५,५००५९८७२ मा सम्पर्क गर्न सकिनेछ।

कार्यक्रम हुने स्थान

कुमारी बुम सुपर स्टार नाइट

कुमारी बैंक र बुम रेमिटको आयोजनामा आज सनैया ग्रान्ड मल स्थित एसियन टाउन एम्फिथिएटर मा कुमारी बुम सुपरस्टार नाइट हुँदैछ।कार्यक्रममा हास्य कलाकार जितु नेपाल,सदाबहार नायिका निरुता सिंह, अनु शाह,पप गायक अनिल सिंह, यूवराज चौलागाई, कुटु मा कुटु गायक राजन राज सिवाकोटी,सन्तोष राज, रित कुमार श्रेष्ठ, लोकदोहोरी गायिका राधिका हमाल, पप गायिका एन्जिला रेग्मी, गायिका सेलिना कुँवर,नृत्य निर्देशक तथा मोडल शंकर बिसी लगायतको प्रस्तुति रहनेछ।कार्यक्रमलाई सञ्चारकर्मी नरेश भट्टराईले संचालन गर्नेछन ।कार्यक्रमको लागि टिकट दर ४०,१०० र ११० रियाल तोकिएको छ।

मोना कतारको १५ औ वार्षिकोत्सव तथा तेश्रो विविध साँस्कृतिक कार्यक्रम

आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर म्याग्दी प्रवासी संघ,राष्ट्रिय कार्यकारी समिति(मोना) कतारले सालिमार प्यालेस रेस्टुरेन्टमा दिउँसो ११ बजे देखि विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रममा गायिका लाली बुढाथोकी, गायक अमित विश्वकर्मा, हास्यव्यङ्ग्य तथा दोहोरी गायक रवी कार्की, नृत्यकार रविना भण्डारी लगायत अन्य स्थानीय कलाकारको प्रस्तुति रहनेछ।

कार्यक्रम हुने स्थान

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button