कतारमा आज देखि प्रतिबन्ध सुरु
कतारमा कोरोनाभाइरसको तेस्रो लहर सुरु भएसङै स्वास्थ्य मन्त्रालयले विभिन्न क्षेत्रमा पुन प्रतिवन्ध लगाउन सुरु गरेको छ ।
बिहिवार मन्त्रीपरिषदको बैठकद्वारा जारी भएको प्रतिवन्ध आज जनवरी ८ , शनिबार २०२२ देखि लागू हुनेगरी निर्णय भएको थियो ।
सबैले अनिवार्य पालना गर्नुपर्ने सुरक्षाका उपाय
१. मास्क र सेनिटाइजरको प्रयोग ।
२. एह्तेराजको प्रयोग
३. कम्तीमा १ मिटरको दुरी कायम ।
४. निजि सवारीमा चालक सहित चार जना भन्दा बस्न नपाउने ।
सामाजिक भेला
१. खुला स्थानमा खोप लगाएका १५ जना र बन्द स्थानमा १० जना सम्म भेला हुन पाउने ।
२. एक मिटरको दुरी कायम गरि शुक्रवारको प्राथर्ना गर्न पाउने । १२ वर्ष भन्दा मुनिका बालबालिकालाई प्रवेश नदिइने । शौचालय र धारा बन्द हुनुपर्ने ।
३. खुला स्थानमा भएको होटेल वा बिबाह हलमा ८० र बन्द हलमा ४० जना सम्मले बिबाह पार्टी गर्न पाउने । सबैले खोप लगाएको हुनुपर्ने ।
यातायात
१.एकै परिवारको १२ जना सम्म एउटै डुंगामा बस्न पाउने । अन्यमा १५ जना सम्म बस्न पाउने । सबैले खोप लगाएको हुनुपर्ने ।
२. ६० प्रतिशत क्षमतामा मात्रै मेट्राे चलाउन पाउने । धूम्रपान कक्ष बन्द गर्नुपर्ने । खानेकुरामा पनि रोक ।
३. ड्राइभिङ स्कुल ५० प्रतिशत क्षमतामा मात्र खोल्न पाउने । सबैले खोप लगाएको हुनुपर्ने ।
शिक्षा
१. विद्यालय तथा किन्डरगार्डेन २७ जनवरी सम्म अनलाइन मार्फत सन्चालन गर्नुपर्ने ।
२. अत्यावश्यक केन्द्रमा ५ भागको १ भाग मात्र सन्चालन गर्न पाउने ।
३. नर्सरी र सबै प्राइभेट ट्रेनिङ सेन्टर ५० प्रतिशत मात्र खोल्न पाउने । बढीमा ५० जना विद्यार्थी राख्न पाउने । सबैले खोप लगाएको हुनुपर्ने ।
खुला क्षेत्र तथा खेलकुद
१. सार्वजनिक पार्क,बिच र कर्नेशमा एकै परिवारका बाहेक अन्य १५ जनासम्म मात्र भेला हुन पाउने । निजि बिचमा ७५ प्रतिशत सम्मले प्रवेश पाउने ।
२. स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद बिना रोकतोक अभ्यास गर्न पाउने ।
३. स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खुला क्षेत्रमा ५० र बन्द क्षेत्रमा ३० प्रतिशत खोप लगाएक दर्शक राखेर खेलाउन पाउने ।
४. अन्य स्थानीय तथा कुनैपनि निजि खेलकुद प्रतियोगिता गर्न नपाउने ।
व्यवसाय तथा मनोरञ्जन
१. मल ७५ प्रतिशत र फुड काेर्ट ३० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । खोप नलगाएका व्यक्तिलाई प्रवेश नदिइने ।
२. कतार किल्न प्रोग्रामबाट मान्यता प्राप्त रेस्टुरेन्ट र क्याफे ७५ प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । अन्यले ४० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने ।
३. शुक ७५ प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाउने । हुक्का प्रयोगमा रोक ।
४. होलसेल मार्केट ७५ प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने ।
५. जिम तथा हेल्थ क्लब ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । सावर , चेन्जिङ रुम ,जाकुजी र सौना बन्द गर्नुपर्ने ।
६. खुला स्विमिङ पुल र वाटर पार्क ७५ र बन्द ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाउने ।
७. सरसफाइ क्षेत्र पुर्ण रुपमा सन्चालन हुने ।
८. कार्य क्षेत्र पुर्ण रुपमा सन्चालन गर्न पाउने। मिटिङमा बढीमा १५ जना बस्न पाउने ।
९. सिनेमा तथा थिएटर ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । सबै दर्शक र स्टाफले खोप लगाएको हुनुपर्ने ।
१०. सैलुन ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने ।सबैले खोप लगाएको हुनुपर्ने ।
११. सभा समारोह र संस्कृतिक कार्यक्रम खुला क्षेत्रमा ५० र बन्द क्षेत्रमा ३० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । कार्यक्रम गर्न मन्त्रालयको सिफारिस चाहिने ।