कतारमा कोरोना : एकैदिन ६६८ जना संक्रमित थपिए
कतारमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । गएको २४ घन्टामा देशभर ६६८ जनामा भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
संक्रमित मध्ये ६०२ जना स्थानीय र ६६ जना अन्य देशबाट आएका यात्रुहरु हुन् ।
मन्त्रालयले गत महिनादेखि साप्ताहिक रुपमा मात्रै कोरोनाभाइरसको रिपोर्ट सार्वजनिक गरे यता कै संक्रमण बढेको यो पहिलो हप्ता हो । अहिले कतारमा दैनिक ४४८ को हाराहारीमा नयाँ संक्रमित देखिन थालेको छ ।
यस्तो छ हाराहारीमा साप्ताहिक रिपोर्ट
दैनिक संक्रमितको संख्या (स्थानीय) : ४४८
दैनिक संक्रमितको संख्या (यात्रु) : ४४
निको हुन बाँकि : ३,६९०
दैनिक निको हुनेको संख्या : ३४५
हालसम्म निको हुनेको संख्या : ३,७१,७८१
अस्पतालमा : ४३ जना
दैनिक अस्पताल भर्ना : १३ जना
गएको हप्ता ज्यान गुमाउनेको संख्या : १ जना
जम्मा ज्यान गुमाउनेको संख्या : ६७८ जना
दैनिक जाँच : १४,३८३ जना
हालसम्म जाँच भएको संख्या : ३६,१४,६७४ जना
दैनिक खोप लगाउनेको संख्या : ३,४४५ जना
हालसम्म खोप लगाउनेको संख्या : ६९,५५,१९८ जना
हालसम्म बुस्टर डाेज लगाउनेको संख्या : १६,६९,००४ जना