कतारमा कोरोना : संक्रमण सँगै मृत्यु दर पनि बढ्दै
आज मार्च १७ तारिख बुधवार कतारमा ४८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २८८ जना निको भएका छन् त्यस्तै थप दुई ५० र ५९ बर्षिय नागरिकको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।
आज भाइरस देखिएका मध्ये ४१७ जना स्थानीय र ७२ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,७१,७०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०,७७१ जनालाई परिक्षण गरिएको थियो । आज दुई गरी कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २७० पुगेको छ भने र निको हुनेको संख्या १,५९,१४१ रहेको छ ।
मन्त्रालयको रिपोर्ट अनुसार संक्रमण सँगै मृत्यु दर पनि बढीरहेको छ । मार्च १४ तारिख देखी यता दिनहु मृत्युका खबरहरु आईरहेका छन् । त्यसैले हामी सजग र सुरक्षित रहन आवश्यक छ ।
कस्तो छ त २४ घण्टा भित्रकाे तथ्यांक ?
अस्पताल भर्ना हुने – १२८ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ९३८ जना
आईसीयुमा भर्ना हुने – १९ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – १३५ जना
आज सम्म जाँच भएको संख्या – १६,४२१८१ जना
अझै निको हुन बाँकीको संख्या : १२,२९० जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै नै हो ।
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।