कतारमा छक्का पन्जा २ अन्तिम पटक र सस्तो टिकट दरमा पनि
यो वर्षकै सर्वाधिक सफल चलचित्र हो ‘छक्का पञ्जा २’ । कतारमा प्रदर्शन भएको पहिलो शो मा धेरै दर्शक टिकट नपाएर फर्किनु परेको थियो भने दोश्रो शोमा पनि दर्शकको उपस्थिती राम्रो रहेको थियो । अब फेरी कतारमा ‘छक्का पञ्जा २’ अन्तिम पटक प्रदर्शन हुने भएको छ ।
चलचित्र यही शुक्रबार,जनवरी १२ तारिक सनैया स्थित कर्वा ट्याक्सी को छेउमा रहेको डल्ला ड्राइभिङ्ग एकेडेमीको सभाहलमा दिउँसो १ बजे र ४ बजे प्रदर्शन हुनेछ ।
[bs-quote quote=”चलचित्र यही शुक्रबार, जनवरी १२ तारिक सनैया स्थित कर्वा ट्याक्सी को छेउमा रहेको डल्ला ड्राइभिङ्ग एकेडेमीको सभाहलमा दिउँसो १ बजे र ४ बजे प्रदर्शन हुनेछ ।” style=”style-2″ align=”center” author_name=”कस्तो राम्रो इवेन्त्स ” author_job=”आयोजक ” author_avatar=”https://qnkhabar.comm/wp-content/uploads/2018/01/kastoramro.jpg” author_link=”http://fb.com/kastoramro”][/bs-quote]
कस्तो राम्रो इभेन्ट्सले कतारमा प्रदर्शन गर्न लागेको चलचित्र हेर्नका लागि दर्शकले २०,२५ र ३५ रियाल तिनुपर्नेछ । यो भन्दा अगाडि टिकट दर ३५, ५० र ७५ रियाल रहेको थियो । सनैयाको एसियन टाऊन् सिनेमाले आफुलाई नै हलको भाडादर महँगो लिने गरेकाले पहिला टिकट दर महँगो हुनेगरेको आयोजक बताउछन् ।
दीपाश्री निरौला निर्देशित चलचित्रमा प्रियंका कार्की, दिपकराज गिरी, केदार घिमिरे, बर्षा राउत, जितु नेपाल, शिवहरि पौडेल, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ ।
कस्तो छ त डल्ला ड्राइभिङ्ग एकेडेमीको सभाहल ?
धेरै दर्शकको मनमा लाग्न सक्छ आखिर कस्तो छ त ” डल्ला ड्राइभिङ्ग एकेडेमीको सभाहल” भनेर , तस्विरमा उक्त सभाहललाई हेर्न सक्नुहुनेछ ।
डल्ला ड्राइभिङ्ग एकेडेमीको सभाहल जाने बाटो ?
तपाईं ट्याक्सी वा लिमोसिन ट्याक्सीमा जादै हुनुहुन्छ भने प्राय सबै ड्राइभर लाई बाटो थाहा भएको हुँदा तपाईंलाई त्यहाँ पुग्न सजिलो हुनेछ ।
यदि तपाईं हिंड्दै वा आफ्नो गाडीमा जानुहुन्छ भने तल को तस्बिर हेर्दै वा गूगल म्यापमा “Dalla Driving” सर्च गरी बाटो थाहा पाउन सक्नुहुनेछ ।
‘छक्का पञ्जा २’ को टिकटको लागि कहाँ, कस्लाई सम्पर्क गर्ने ?
चलचित्र यही शुक्रबार, सनैया स्थित कर्वा ट्याक्सी को छेउमा रहेको डल्ला ड्राइभिङ्ग एकेडेमीको सभाहलमा दिउँसो १ बजे र ४ बजे प्रदर्शन हुनेछ ।
२०,२५ र ३५ रियाल टिकट दर रहेको चलचित्रका बारे थप जानकारी वा अग्रिम सिट बूकिङ गर्नुपरेमा “50916387/ 74737143” मा सम्पर्क गर्न सक्नुहुनेछ ।