"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा पनि देखियो कोरोना भाइरस

चीनको वुहानमा गत डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको संक्रमण कतारमा समेत देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको संक्रमण पहिलो पटक एक ३६ वर्षिया कतारी व्यक्तिमा देखिएको यहाँको स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेको हो । ती व्यक्ति बिहिबार इरान बाट फिर्ता ल्याईएका मध्ये एक हुन् । उनलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनको अवस्था सामान्य रहेको कतार न्यूज एजेन्सीले जनाएको छ ।


इरानमा रहेका आफ्ना नागरिकलाई कतारले बिहिबार चार्टर्ड विमानमा स्वदेश फिर्ता ल्याएका थियो । स्वदेश फिर्ता ल्याईएकाहरुलाई अहिले दोहाको एक होटेलमा क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरस बाट सतर्कता अपनाउन दूतावासको आग्रह

 

चीनबाट फैलिएको  ‘कोरोना भाइरस’ (कोभीड-१९) ले  यतिखेर विश्वभर त्रासदी फैलाएको छ । यो भाइरसका कारण  चार हजार बढीको मृत्यु समेत भइसकेको छ । भाइरसले लाखौं  प्रभावित छन् । यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरिया इटाली लगायत मध्यपुर्व  सम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।

यसै बिच भाइरसबाट थप उच्च सर्तकता अपनाउन हमाद अस्पतालको समन्वयमा कतारस्थित नेपाली दूतावासले आज सूचना जारी गरेको छ ।

के हो त कोरोना भाइरस ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button