कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?
कतारले अक्टोबर ३१ सम्ममा प्राथमिकताको आधार अनुसार चार चरणमा उपलब्ध गराउने खोप लगाउनको लागि मन्त्रालयको वेबसाइट मार्फत आफ्नो नाम दर्ता गराउनु पर्नेछ । अहिले खोप लगाउने प्राथमिकताको सुचिमा आफु नपरेपनि नाम दर्ता गर्न सकिने र पालो आएपछि मन्त्रालयले स्वास्थ्य केन्द्र तोकेर एसएमएस मार्फत खोप लगाउन बोलाउनेछ ।
हाल अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ,सम्पूर्ण कतारी नागरिक र ४० वर्ष देखि माथिका आप्रवासी नागरिकलाई खोप लगाउने काम भैरहेको छ । मन्त्रालयको अनुसार डिसेम्बर २३ देखि एक लाख बढी व्यक्तिले खोप लगाईसकेका छन् । खोप सबैलाई निशुल्क रहेको छ र हाल लाई खोप लगाउन हेल्थ कार्ड अनिवार्य छैन यदी छ भने फारममा हेल्थ कार्ड नम्बर पनि राख्न सक्नुहुनेछ ।
नाम दर्ता कसरी गर्ने ?
१. राष्ट्रिय प्रमाणीकरण प्रणाली (नास) मा आफ्नो खाता खोल्नुहोस । नयाँ खाता खोल्न यहाँ थिच्नुहोस् । पहिलेनै खाता हुनेहरुले यहाँ थिच्नुहोस् ।
त्यसपछि आइडी र पासवर्ड हालेर लगइन गर्नुहोस ।
अब तपाईंले खोपका लागि फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।
२. आफ्नो रोजगारको पद छान्नुहोस ।
३. आफ्नो हेल्थ कार्डको नम्बर हाल्नुहोस । (अनिवार्य छैन)
४. खोप लगाउन इच्छुक छु भन्ने बक्समा ठिक लगाउनुहोस ।
खोपको चरण
पहिलो चरण (डिसेम्बर ९,२०२० देखि ३१ मार्च २०२१ सम्म)
- कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सरसफाई कर्मचारी ।
- प्रमुख कर्मचारी र पहिलो प्रतिक्रियाका कर्मचारी (एम्बुलेन्स टीम, गृह मन्त्रालय, रक्षा मन्त्रालय, तेल र ग्यास क्षेत्र, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट र कतार एयरवेज)
- ७० वर्ष भन्दा माथिका दीर्घकालीन हेरचाहका बिरामी र घर हेरचाहमा रहेका व्यक्तिहरु ।
- भाइरस बाट जोखिम भएका दीर्घकालीन रोग भएका वयस्कहरु ।
- ५० देखि ६९ उमेर समुहका सबै मानिसहरु ।
- अन्य स्वास्थ्यकर्मी,आवश्यक कर्मचारी र ५० प्रतिशत शिक्षा क्षेत्रका कर्मचारी ।
दोस्रो चरण (अप्रिल १ देखि जून ३०, २०२१ सम्म)
- पहिलो चरणमा समावेश नभएका स्वास्थ्यकर्मीहरु । भाइरस बाट बढी जोखिम भएका मन्त्रालय तथा उद्योगका अत्यावश्यक कामदारहरू ।
- खाना, हाउसकीपिंग, यातायात, ट्याक्सी ड्राइभर र सैलुन क्षेत्रका कामदारहरू । बाँकी शिक्षा क्षेत्रका कर्मचारी ।
- पहिलो चरणमा समावेश नभएका विभिन्न रोग भएका व्यक्तिहरू । ४० वर्ष भन्दा माथिका व्यक्तिहरु ।
तेस्रो चरण (जुन १ देखि जुलाई ३१, २०२१ सम्म)
- युवा तथा बालबालिका ( बालबालिकाको हकमा खोप प्रयोगका लागि अनुमति आएपछि )।
- पहिलो र दोस्रो चरणमा समावेश नभएका उद्योगमा काम गर्ने कामदारहरु ।
चौथो चरण (अगस्ट १ देखि अक्टोबर ३१, २०२१ सम्म)
पहिलो,दोस्रो र तेस्रो चरणमा खोप लगाउन नपाएका वा छुटेका व्यक्तिहरु ।