कतारमा ८१९ जनामा संक्रमण ९ को मृत्यु , नेपालमा २३५१ जनामा संक्रमण १० जनाको मृत्यु
कतारमा कोरोना
कोरोनाका कारण कतारमा आज थप ९ जनाले ज्यान गुमाएका छन् ।
आज मृत्यु हुनेमा ४२, ४६,४९,५२,६१,६६,७२,७४ र ८९ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४०० पुगेको छ ।
त्यस्तै गत चौबिस घण्टामा देशभर थप ८१९ जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ । ८१९ संक्रमित थपिए संगै हाल सम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १९,९१८० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १२,८१७ जनालाई गरिएको परिक्षणमा आज ८१९ जना नयाँ संक्रमित भेटिएको हो । जस मध्ये ६०२ जना स्थानीय र २१७ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । हिजो कतारमा ८८५ संक्रमित भएका थिए ।
आजको संक्रमणमा हिजोको भन्दा ६६ ले कमी आएको छ ।
त्यस्तै आज ७५७ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७६,१८८ रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
- अस्पताल भर्ना हुने : ११७ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,२१९ जना - आईसीयुमा भर्ना हुने : २२ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४५७ जना - आज स्वाब जाँच गरिएको संख्या – १२,८१७ जस् मध्धे ४९९८ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८,५४,५६६ जना - निको हुनेको संख्या – ७५७ जना
आज सम्म निको हुनेको संख्या – १,७६,१८८ जना - निको हुन बाँकीको संख्या – २२,५९२ (सक्रिय संक्रमित)
- आज मृत्युहुनेको संख्या – ९
आज सम्म मृत्यु हुनेको संख्या – ४०० - आज खोप लगाइएको संख्या – २४,३४६
आज सम्म खोप लगाइएको संख्या – १३,२०,८६६
योग्य जनसंख्याको ३६.९ % ले भ्याक्सिनको कम्तिमा एक डोज प्राप्त
उनका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौं उपत्यकामा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ भने १० जनाले ज्यान गुमाएका छन् ।
नेपालमा कोरोनाका कारण हालसम्म ३,११२ जनाले गुमाएका छन् ।