कतारमा ८८५ जनामा संक्रमण ५ को मृत्यु , नेपालमा १७३६ जनामा संक्रमण ११ जनाको मृत्यु
कतारमा कोरोना
कोरोनाका कारण कतारमा आज थप ५ जनाले ज्यान गुमाएका छन् ।
आज मृत्यु हुनेमा ४२, ४५, ६१, ७७ र ८७ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ३९१ पुगेको छ ।
त्यस्तै गत चौबिस घण्टामा देशभर थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ । ८८५ संक्रमित थपिए संगै हाल सम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,९८,३६१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १२३५९ जनालाई गरिएको परिक्षणमा आज ८८५ जना नयाँ संक्रमित भेटिएको हो । जस मध्ये ७१६ जना स्थानीय र १६९ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । हिजो कतारमा ८९६ संक्रमित भएका थिए ।
आजको संक्रमणमा हिजोको भन्दा ११ ले कमी आएको छ ।
त्यस्तै आज ७३३ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७५,४३१ रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
- अस्पताल भर्ना हुने : १४८ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,२७२ जना - आईसीयुमा भर्ना हुने : २४ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४५९ जना - आज स्वाब जाँच गरिएको संख्या – १२,३५९ जस् मध्धे ४९७० जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८,४९,५६८ जना - निको हुनेको संख्या – ७३३ जना
आज सम्म निको हुनेको संख्या – १,७५,४३१ जना - निको हुन बाँकीको संख्या – २२,५३९ (सक्रिय संक्रमित)
- आज मृत्युहुनेको संख्या – ५
आज सम्म मृत्यु हुनेको संख्या – ३९१ - आज खोप लगाइएको संख्या – २५,०४२
आज सम्म खोप लगाइएको संख्या – १२,९६,५२०योग्य जनसंख्याको ३६.९ % ले भ्याक्सिनको कम्तिमा एक डोज प्राप्त
पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ८ हजार ७३८ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ७३६ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १०२ पुगेको । त्यस्तै २४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् ।