कतारले आठ वटा जहाजमा स्वास्थ्य सामाग्री चीन पठाउने
कोरोना भाइरस विरुद्ध बच्न कतार एयरवेजले आफ्नो ८ वटा हवाईजहाजमा मास्क,पन्जा,ह्यान्डवास लगायतका स्वास्थ्य सामाग्री सहयोग चीन पठाउने भएको छ । एयरवेजले शुक्रबार त्यहाँको तीन सहरमा सहयोग पठाउने बताएको छ । कतारले यसै महिनाको सुरुवातमा पनि सहयोग चीन पठाएको थियो ।
ती हवाईजहाजमा कतार सरकार,कतार एयरवेज,चीनिया दूतावास र अन्य मुलुकका स्वास्थ्य सामाग्री सहयोग चीन पठाउन लागिएको एयरवेजका प्रमुख अक्बर अल बकेरले हिजो एक कार्यक्रममा बताएका छन् ।
जसमध्ये सामाग्रीको दुई वटा जहाज राजधानी बेइजिङ र अन्य शाङघाई र गुअनझोउमा तीन तीन वटा पुग्नेछ । ती जहाजहरु प्रत्येक चार मिनेटको अन्तरमा उड्नेछ ।
महामारी चाडैं नियन्त्रणमा आउने कामना पनि प्रमुख अक्बर अल बकेरले गरेका छन् ।