बिज्ञापन

कतार फर्कदा अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने

नेपालबाट कतार प्रवेश गर्दा अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

यसअघि खोप लगाइसकेका यात्रुले क्वारेन्टाइन बस्न नपर्ने नियम रहेको थियो ।

२ अगस्ट २०२१ देखि लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड अनुरुप नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले होटल क्वारेन्टिनको नियम पालना गर्नुपर्ने कतारस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

यस्ता छन् मापदण्ड :

१. कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा कोभिड-१९ संक्रमण भई निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वारेन्टिन बस्नुपर्ने । दोश्रो दिनमा पिसीआर परीक्षण गरी नेगेटिभ नतिजा आए आफ्नो गन्तव्यमा जान पाइने ।

२. कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका आईडी भएका यात्रुहरूले १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने।

३. खोप नलगाएका (पारिवारिक, पर्यटक वा व्यवसायी  भीसा अन्तर्गतका) यात्रुहरूलाई कतारमा प्रवेश नदिईने ।

त्यस्तै थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न दूतावासले सम्पुर्ण यात्रुहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button