"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतार फर्कदा के-के कागजपत्र चाहिन्छ ?

कतार सरकारले दुबै डाेज खोप लगाएको यात्रुको लागि क्वारेन्टाइन र पिसिआर रिपोर्टको नियम फेब्रुअरी २८  देखि हटाइसकेको छ ।

मन्त्रालयको अनुसार क्वारेन्टाइन र पिसिआरको नियम दुबै डाेज वा बुस्टर खोप लगाएको वा कोरोनाबाट निको भएको व्यक्तिहरुको हकमा लागू हुनेछ ।

यस्तो छ बिस्तृत नियम :

 

खोप लगाएको छ भने

१. कतार सरकारले मान्यता दिएको खोप लगाएको १४ दिन देखि ९ महिना नकटेकाे अवस्थामा कतार फर्कदा क्वारेन्टाइन बस्नुपर्दैन । त्यस्ता यात्रुलाई पिसिआर रिपोर्ट पनि चाँहिदैन।

बुस्टर डाेज लगाएको १२ महिना भित्र कतार फर्कदा पनि होटेल बुकिङ र पिसिआर आवश्यक पर्दैन ।

कतार सरकारले शर्त सहित मान्यता दिएको खोप लगाएको १४ दिन देखि ६ महिना नकटेकाे अवस्थामा कतार फर्कदा क्वारेन्टाइन बस्नुपर्दैन। त्यस्ता यात्रुलाई पिसिआर रिपोर्ट पनि चाँहिदैन।

तर कतार वा नेपालमा खोप लगाएको क्युआर कोड भएको प्रमाणपत्र भने विमानस्थलमा पेश गर्नुपर्नेछ ।

कतार आइसकेपछि यात्रुले एन्टिजेन परिक्षण भने गराउनु पर्दछ ।

कतार सरकारले मान्यता दिएको खोपको सुची ।

कतार दुई डाेज नेपालमा बुस्टर डाेज लगाएको अवस्थामा

कतारमा दुई डाेज खोप लगाएको र नेपालमा बुस्टर डाेज खोप लगाएको छ भने नेपाल सरकारबाट क्युआर कोड भएको प्रमाणपत्र बनाउनुपर्दछ । उक्त प्रमाणपत्र बनाइसकेपछि  ehteraz.gov.qa वेबसाईटमा गएर Pre entry registration र Approval request for covid 19 vaccine बाट प्रमाणपत्र प्रमाणित गर्दा सजिलो हुनेछ ।

कोभिड लागेर निको भएको अवस्थामा

कोभिड लागेर निको भएको १२ महिना कटेको छैन भने कतार फर्कदा क्वारेन्टाइन बस्नुपर्दैन। त्यस्ता यात्रुलाई पिसिआर रिपोर्ट पनि चाँहिदैन । तर कतार सरकार वा नेपाल सरकारद्वारा मान्यता प्राप्त अस्पतालबाट कोभिड निको भएको प्रमाणित कागजपत्र भने पेश गर्नुपर्नेछ ।

कतार आइसकेपछि यात्रुले एन्टिजेन परिक्षण भने गराउनु पर्दछ ।

खोप लगाएको छैन भने

खोप नलगाएका वा खोप लगाएको ९ महिना कटेको यात्रुलाई ४८ घन्टा भित्रको पिसिआर रिपोर्ट चाहिने र ५ दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने ।

भिजिट भिसामा आउने यात्रु

१. खोप लगाएको ९ महिना नकटेको यात्रुलाई कतार आउँदा ४८ घन्टा भित्रको पिसिआर रिपोर्ट चाहिने र १ दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने ।

२. खोप नलगाएका र खोप लगाएको ९ महिना कटेको यात्रु कतार आउन नपाउने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button