कम्पनीले तलब नदिए प्रति कामदार तीन हजार रियाल जरिवाना
प्रशासनिक विकास श्रम तथा सामाजिक ममिला मन्त्रालयको एक उच्च कर्मचारीले कतारमा रहेका सम्पूर्ण कम्पनी तथा व्यापारीलाई मन्त्रालयको कारबाही बाट बच्न कडा रुपमा मजदुरी सुरक्षा प्रणाली (डब्लुपीएस) लागू गर्न आग्रह गरेका छन् ।
कम्पनीले श्रमिक सँग गर्ने गतिविधि विशेषगरी तलब भुक्तानी गरेकोे नगरेको बारे निगरानी भइरहेको बताएका छन् ।
नाइजेरियन आप्रवासी संघको वार्षिक भेटघाट कार्यक्रममा मन्त्रालयका फहद अल अज्जिलेकम्तीमा दुर्इ महिना वा सो भन्दा बढी समय देखी श्रमिकलाई तलब नदिएको भेटिएमा प्रति कामदार तीन हजार रियाल जरिवाना गरिने प्रावधान रहेको आजको कतार ट्रिब्युन पत्रीकाले लेखेको छ ।
“कतारले डब्लुपीएस प्रणाली गम्भिर रुपमा लागू गरिरहेको छ । जहाँ सम्म हामीले कुनै पनि कम्पनी यस प्रणाली बिना चलिरहेको अपेक्षा गरेका छैनौ । यदि यस प्रणाली लागू नगरिएको कम्पनी भेटिए कडा रुपमा कारबाही गर्ने प्रतिबद्धता लिएका छौ । त्यस्तै कामदार स्वयमले कम्पनी विरुद्ध उजुरी दिन सक्नेछन् ,” अल अज्जिले बताएका छन् ।
उजुरी कहाँ गर्ने ?
प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालय
अल फैसल टावर , दोहा
फेसबुक : https://www.facebook.com/ADLSAQA/
फोन नम्बर : +९७४ १६००८