"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कामदारको अस्थायी न्यूनतम तलब ७५० रियाल

कतारले आप्रवासी श्रमिकहरुको लागि अस्थायी न्यूनतम तलब ७५० रियाल तोकेको छ।

श्रमिकहरुको अस्थायी न्यूनतम तलब ७५० रियाल (२०० डलर) तत्काल लागू हुने प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्री डा.इसा विन साद अल जफैल अल नुएमीले बिहीबार एएफपीलाई बताएका छन्।

“नयाँ काम करार पत्र मन्त्रालय बाटै स्वीकृत हुनपर्ने नियम भएकाले अब ७५० रियाल भन्दा तलको तलब भएको करार पत्र स्वीकृत हुनेछैन,” मन्त्री नुएमिले थप भनेका छन्।

त्यस्तै मन्त्रालयले श्रमिकको स्थायी तलब तोक्ने तयारी गरिरहेको मन्त्री अल नुएमीले जानकारी दिएका छन्।साथै तोकिने नयाँ तलबमा निशुल्क खाना,आवास र आवश्यक उपचार खर्च मालिककै तर्फ बाट समावेस हुनेछ।

यता कतारको लागि नेपाली राजदुत प्रा. रमेश प्रसाद कोइरालाले कतार सरकारले अहिले तोकेको ७५० रियाल न्यूनतम तलब केही समयको लागि मात्र भएको बताएका छन्।

“अघिल्लो भेटघाटमा यस विषयमा श्रम मन्त्रालय संग छलफल भएको थियो।अहिले तत्कालका लागि मात्र ७५० रियाल तोकिएको हो र यो समीक्षा पछि बढ्नेछ”,राजदूत कोइरालाले भने।

सरकारको यो निर्णयले ७५० रियाल भन्दा पनि कम तलबमा काम गरिरहेका कामदारलाई राहत पुग्ने उनले थप बताए।

यसका साथै राजदूत कोइरालाले श्रम मन्त्री संग आगामी भेटघाटको लागि प्रक्रिया मिलाइरहेको र भेटघाट पछि कामदारको न्यूनतम तलब सँगै खानाको पैसा पनि तोक्न पर्ने कुरामा पहल गर्ने क्युएन खबरलाई जानकारी दिएका छन्।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button