"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

काम परिवर्तन कसरी गर्ने ?

कतारमा लागु भएको नयाँ श्रम कानुन पछि श्रमिकहरुले काम परिवर्तन गर्ने सुविधा भएको हामी सबैलाई थाहा छ । काम करार अवधि अन्तर्गतको नियम भित्र परिवर्तन हुने हुँदा पहिला आफ्नो काम करार अवधि बारे बुझ्न जरुरी छ । कतारमा हाल अवधि तोकिएको करार र अनिश्चितकालीन करार गरी दुई करार चल्दै आईरहेको छ ।

अवधि तोकिएको करार

अवधि तोकिएको करार भन्नाले श्रमिकले नयाँ रोजगारदाता संग सुरुमै गरेको सम्झौतामा करारको अवधि तोकिएको हुन्छ । यो १,२,३,४ र ५ भन्दा कम वर्षको हुनसक्छ ।

अनिश्चितकालीन करार

अनिश्चितकालीन करार भन्नाले श्रमिकले नयाँ रोजगारदाता संग सुरुमै गरेको सम्झौतामा करारको अवधि तोकिएको हुँदैन । यसमा श्रमिकले स्थायी रुपमा काम गर्नुपर्नेहुन्छ । कतारमा धेरै जस्तो  यो करार बढी चलेको देखिन्छ ।

काम परिवर्तन गर्न चाहने अवधि तोकिएको करार अन्तर्गत कामदारले आफ्नो साबिकको रोजगारदाता संगको करार सकिनु एक महिना अगावै आफु कार्यरत कम्पनीमा खबर र मन्त्रालयमा निवेदन दिनुपर्नेछ भने कामदार कुनै अपराधिक क्रयाकलापमा संलग्न भएको हुनुहुँदैन । तर कामदारले अवधि पुरा गरेको छैन भने कम्पनी बाट एनवसी पत्र आवश्यक पर्छ नभए कामदार करार सकिने समय सम्म कतार बाहिर बसेको हुनुपर्नेछ ।
जस्तै तपाईको सम्झौता ३ वर्षको रहेको हुँदा तपाईले कम्पनीमा काम गरेको २ वर्ष मात्र बितेको छ भने तपाई १ वर्ष कतार बाहिर बसेको हुनुपर्दछ ।

अनिश्चितकालीन करारमा कार्यरत कामदारले भने एउटै कम्पनीमा आफूले काम गर्न थालेको पाँच वर्ष पूरा गरेपछि मात्रै जागिर परिवर्तनको लागी निवेदन दिन पाउनेछन्। पाँच वर्ष करार अवधि सकिनु अघि आफु कार्यरत कम्पनीमा खबर र मन्त्रालयमा निवेदन एक महिना अगाडी दिनुपर्नेछ । कामदारको सेवा अवधि पाँच वर्षभन्दा बढी भइसकेको खण्डमा भने आवेदन दिने अवधि ६० दिन तोकिएको छ । तर कामदारले अवधि पुरा गरेको छैन भने कम्पनी बाट एनवसी पत्र आवश्यक पर्दछ नभए कामदार करार संगै पाँच वर्ष समय सम्म कतार बाहिर बसेको हुनुपर्दछ ।

जस्तै तपाईको सम्झौता अनिश्चितकालीन करारमा रहेको अवस्थामा तपाइले कम्पनीमा काम गरेको ३ वर्ष मात्र बितेको छ भने तपाई २ वर्ष कतार बाहिर बसेको हुनुपर्नेछ ।

तर आफु रोजगारदाता बाट अपहेलना वा दुर्व्यवहारमा परेको प्रमाणीत गर्न सकेको खण्डमा भने मन्त्रालयले काम परिवर्तन गर्ने अवसर प्रदान गर्न सक्नेछ ।

काम परिवर्तन गर्न आन्तरिक मन्त्रालयमा आफ्नो अवधि हेरेर निवेदन दिनु पर्ने हुन्छ । निवेदन मन्त्रालयको कार्यलयमै गएर वा मन्त्रालयको वेबसाईट मार्फत दिन सकिनेछ ।

कसरी दिने काम परिवर्तनको निवेदन ?

१. मन्त्रालयको वेबसाइट मार्फत निवेदकले काम परिवर्तन को लागी आफ्नो कतारी आईडी र मोबाईल नम्बर हालेर निवेदन दिन सकिनेछ ।
२. त्यसपछि निवेदकको मोबाइल नम्बरमा पिन नम्बर आउनेछ ।
३.मोबाइलमा आएको पिन नम्बर हानेपछि निवेदकले नँया कामका लागी आवश्यक काम,पद, उमेर तथा रोजगार दाताको जानकारीको सूची हेर्न सक्नेछन् ।
४. अन्त्यमा काम परिवर्तनको शिर्षक रोजेर आफ्नो करारको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

५.निवेदनको फाराम नजिकैको टाइपिङ सेन्टर मा गएर पनि भर्न सकिन्छ।

वेबसाईट का लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ: http://e-notice.adlsa.gov.qa/

साथै आवेदन र स्वीकृतीहरु प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयद्धारा घोषित सर्तबमोजिम हुनेछ, केही कठिनाई वा प्राविधिक समस्या भएमा ईमेल : e-notice@adlsa.gov.qa,फोन: + ४०२८८८८८ मा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button