कोभिड-१९ को सामान्य लक्षण भएका बिरामी घरमै आइसोलेसन बस्दा हुने
कोभिड-१९ को हल्का देखि मध्यम लक्षण भएका बिरामी घरमै आइसोलेसन बस्दा हुने हमाद मेडिकल कर्पोरेसनले बताएको छ ।
कतारमा हरेक दिन कोभिड-१९ संक्रमित हुनेको संख्या बढ्दै गएपछि हल्का देखि मध्यम लक्षण भएका व्यक्ति घरमै आइसोलेसनमा बस्नु सुरक्षित हुने हमाद मेडिकल कर्पोरेसनको सरुवा रोग केन्द्रका मेडिकल डाइरेक्टर डाक्टर मुना अल मस्लामानीले बताएका छिन् ।
‘ओमिक्राेन भेरिएन्टका कारण केहि दिन यता संक्रमितको संख्या बढिरहेको र आगामी हप्तामा यो व्यापक रुपमा झनै वृद्धि हुने देखिएको छ । यद्यपि यो भेरिएन्ट ५० वर्ष मुनिका व्यक्तिमा त्यति खतरनाक भने छैन ,’ डाक्टर मस्लामानीले बताइन् ।
उनको अनुसार सामान्य बिरामीले १० दिन घरमै बस्दा हुने र अस्पताल वा सरकारी आइसोलेसन केन्द्रमा जान पर्दैन । पोजेटिभ भएको सुरुको ५ दिन सम्म घरमा एक्लै बस्ने र त्यसपछि हरेक समय अनिवार्य मास्क लगाएर हिड्न मिल्ने डाक्टर मस्लामानीले जानकारी दिएकी छिन् ।
होम आइसोलेसन सेवा
केन्द्रले २०२१ को सुरुवात देखि नै कोभिड-१९ होम आइसोलेसन सहायता सेवा संचालन गर्दै आइरहेको छ । सेवाबाट हजारौं बिरामीले सहयोग पाईसकेका छन् ।
होम आइसोलेसनमा बस्दा कुनै समस्या भए १६००० मा कल गरि १ र ३ थिचेर विभिन्न भाषामा हप्ताको सातै दिन २४ सै घन्टा सेवा लिन सकिन्छ ।
One Comment