खुल्यो मुन्ताजा पार्क
पुनर्बिकासको लागि झन्डै तीन वर्ष देखि बन्द रहेको रदत अल खेल पार्क खुलेको छ ।
बलदियाका मन्त्री अब्दुलाह बिन अब्दुल अजिज बिन तुर्की अल सुबेइले हिजो पार्कको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा संयुक्त राज्य अमेरिकाको विल्मिङ्टन, डेलावेयरका मेयर माइक पुर्जिकी, अमेरिकी प्रतिनिधिमण्डलका सदस्य ,नगरपालिका र सार्वजनिक निर्माण प्राधिकरण (अस्घाल) र दोहा नगरपालिकाका अधिकारीहरुको उपस्थिति रहेको थियो । बलदियाका मन्त्री तथा विल्मिङटनका मेयरले पार्कमा दोहा र विल्मिङटनबीचको मित्रताको निमित्त रुख रोपेका थिए ।
मुन्ताजा क्षेत्रमा पर्ने यस पार्कलाई मुन्ताजा पार्कको नामले बढी चिनिन्छ । कतारको सबैभन्दा पुरानो मध्येको यस पार्क नेपाली समुदायको बढी जमघट हुने स्थान रहेको छ ।
पार्कको विशेषता
• क्षेत्रफल – १४०.४६ हजार वर्ग मिटर
• अशक्त व्यक्तिहरुको लागि सहित ३७२ कार र ४८ साइकल पार्किङ स्थल
• ३८० वर्ग मिटर तेर्सो बगैंचा
• १ एम्फिथिएटर
• दुई मिटर भन्दा अग्लो पहाड
• ७ वटा पसल
• २७ प्रजातिका १६०० बोट बिरुवा
• १,१८३ मिटर लामो हिड्ने तथा दौडने ट्रेल
• १,११८ साइकल ट्रेल
• ३ फिटनेस स्थल
• दुई बालबालिका मैत्री स्थल
• ९८ वर्ग मिटर हरियाली क्षेत्र
• ४९ डस्टबिन
• ५ स्वच्छ पिउने पानी स्थल
• १३७ सोलार बत्तीको पोल
• १४२ सिसिटिभी क्यामेरा
• २ सुरक्षागार्ड कोठा
• पुरुष तथा महिला शौचालय
• पुरुष तथा महिला प्राथना कक्ष
• ८ बार्बिक्यु स्टल
One Comment