गएको २४ घण्टामा २,२०४ जना संक्रमित थपिए,एक जनाको मृत्यु
कतारमा कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेको छ तर मृत्यु हुनेको संख्या रोकिएको छैन ।
आज देशभर थप २,२०४ जनामा कोरोना भाइरस संक्रमण र ३,९८५ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भाइरसको कारण आज ८१ वर्षिय व्यक्तिको ज्यान गएको छ ।
आज भाइरस देखिएका मध्ये १,६६९ जना स्थानिय र ५३५ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,३०,८४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३०,१०७ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – ४१९ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ९० जना
निको हुनेको संख्या : २,९७,१६७
आज सम्म खोप वितरण : ५६,९२,७०५
बुस्टर डाेज खोप वितरण : ७,०४,३२१
आजको खोप वितरण : ३३,९४५
निको हुन बाँकीको संख्या : ३७,४२८
ज्यान जानेको संख्या : ६३८ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment