गर्मीले मान्छे ढले के गर्ने ?
हिट स्ट्राेक अर्थात गर्मी झड्का अत्याधिक गर्मीका कारण हुने एक किसिमको जटिल समस्या हो । टाउकाे दुख्ने, आलस्यता हुने , बेहोस हुने आदि यसको लक्षणहरु हो ।
समयमै उपचार नपाए यसले ज्यानै पनि लिन सक्छ । हिजो आज कतार सहित अन्य खाडी मुलुकमा बढीरहेको गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको छ र यो गर्मी अझै बढ्ने संकेत छ ।
कार्यस्थल वा अरु स्थानमा गर्मीले मान्छे ढले निम्न प्राथमिक उपचार अपनाए ज्यान बच्न सक्छ :
• स्थान सुरक्षित भएको निश्चित गर्नुहोस र पहिलो उपचार फस्ट ऐडको सामान खोज्नुहोस।
• आपतकालीन नम्बर ९९९ मा तुरुन्त कल गरेर अबस्था बताउनुहोस ।
• चिसो पानीले बिरामीको पछाडी चिसो गर्न थाल्नुहोस ।
• बिरामी समान्य अबस्थामा नफर्के सम्म चिसो बनाईराख्नु होस ।
• बिरामीको होस खुलेपछि पानी वा अन्य तरल पदार्थ पिउन दिनुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
40
मनपर्यो
17
खुसी लाग्यो
1
दुःख लाग्यो
4
रुन मन लाग्यो
0
हाँसो लाग्यो
6
रीस उठ्यो