घट्न थाल्यो दैनिक संक्रमित
कतारमा कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेको छ ।
आज देशभर थप २,९८१ जनामा कोरोना भाइरस संक्रमण र ४,२८१ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भाइरसको कारण आज एक ८६ वर्षिय व्यक्तिको ज्यान गएको छ ।
आज भाइरस देखिएका मध्ये २,५०७ जना स्थानिय र ४७४ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,२३,३४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २९,६५७ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – ४५६ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ९७ जना
निको हुनेको संख्या : २,८५,०८१
आज सम्म खोप वितरण : ५५,८९,२१४
बुस्टर डाेज खोप वितरण : ६,११,५०७
आजको खोप वितरण : २,८२८
निको हुन बाँकीको संख्या : ३७,६३०
ज्यान जानेको संख्या : ६३४ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।