बिज्ञापन

चिनियाँ यात्रुमाथी विशेष निगरानी

कोरोना भाइरस विभिन्न देशमा फैलिएपछी कतार आउने चिनियाँ यात्रुमाथी हमाद विमानस्थलले विशेष निगरानी बढाएको छ । यद्यपी हालसम्म कतारमा यस भाइरस बाट सन्क्रमित कोहि पनि नभेटिएको सार्वजनिक स्वास्थ्य मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्र साउदी अरेबियामा भने एक जना संक्रमीत भेटिएको छ ।

झन्डै दुई हजार चिनियाँ यात्रुहरु माथी शुक्रबार हमाद विमानस्थलमा परिक्षण गरिएको छ । मन्त्रालयले विमानस्थल र कतार एयरवेजको समन्वयमा उच्च गुणस्तरको थर्मल क्यामरा मार्फत यात्रुहरु शरीरको तापक्रम नापेको थियो । यसरी परिक्षण गर्दा एक हवाईजहाजको यात्रुलाई जम्मा २० मिनेटको समय लाग्ने हुँदा यसले कुनै अफ्ट्यारो तथा ढिलाई नहुने मन्त्रालयले बताएको छ ।

यात्रु परिक्षण गर्न विमानस्थलमा हाल १० थर्मल क्यामराहरु जडान गरिएको छ । त्यसका साथै शंकास्पद   यात्रुको अवस्थाका लागि डाक्टर,नर्स र एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button