बिज्ञापन

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीले दिए नेपाल भ्रमणको निम्तो

काठमाडौं,मंसिर १८-

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । चीनको चारदिने औपचारिक भ्रमणका क्रममा बेइजिङमा रहेका प्रधानमान्त्री ओलीले मंगलबार राष्ट्रपति सी र समकक्षी लीसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

“नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपतिज्यूको तर्फबाट प्रधानमन्त्रीले राष्ट्रपति सीलाई आमन्त्रण गर्नुभयो,” भेटवार्तामा सहभागी परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने । जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमणको आमन्त्रणा गरेकामा धन्यावाद दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् ।

मंगलबार चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग द्वपक्षीय वार्ता गरेका थिए । वार्ताका क्रममा प्रधानमन्त्री ओलीले लीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button