"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

चीनबाट फर्केपछि मन्त्री हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री

काठमाडौँ, मंसिर १३-

मन्त्रीहरूको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री फेर्ने तयारी गरेका छन् ।

बुधबार सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएको भन्दै असन्तुष्टि जनाए । उनले विद्यमान खराब स्थितिलाई सकारात्मक परिवर्तन ल्याउनैपर्ने बाध्यता रहेको भन्दै यही गतिको काम कारबाही र कार्यशैलीले परिवर्तन सम्भव नभएको दोहोर्‍याएका थिए ।

गत असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ३१ गते मन्त्रिपरिषद्का सबै सदस्यलाई तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिएका थिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट कार्यान्वयनका साथै सरकारले गर्ने मुख्य कामबारे ठोस योजना ल्याउन मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

सोही अनुसार मन्त्री र सचिवहरूले कार्ययोजना बनाएर काम गरेको बताए पनि प्रधानमन्त्री ओली जनताले महसुस गर्ने गरी काम नभएको र परिवर्तनको महसुस हुन नसकेको भन्दै मन्त्रीहरूको कार्यसम्पादनप्रति सन्तुष्ट देखिएका छैनन् ।

‘ती मन्त्रीका अनुसार सत्ता साझेदार दल नेपाली कांग्रेससहित अन्य दलका तर्फबाट मन्त्री भएकाहरूको भन्दा आफ्नै पार्टीबाट मन्त्री भएकाहरूको कार्यसम्पादन प्रभावकारी बन्न नसकेकोतर्फ प्रधानमन्त्रीको सङ्केत थियो । अर्थमन्त्रीको जिम्मेवारीमा एमालेकै उपाध्यक्ष विष्णु पौडेल छन् । पछिल्लो समय प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलबिचको सम्बन्ध खासै सुमधुर बन्न नसकेको एमालेकै नेता–कार्यकर्ताहरू बताउँछन् ।

त्यस्तै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको कार्यसम्पादनप्रति पनि प्रधानमन्त्री सन्तुष्ट हुन नसकेको बताइएको छ । त्यसबाहेक उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलगायतको कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट हुन सकेका छैनन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button