जाडो बढ्ने
कतारमा जाडो अझै केही दिन रहने भएको छ । मौसम विभागले रिपोर्ट सार्वजनिक गर्दै आउने दिनहरुमा जाडो विशेषगरि राती र बिहानको समयमा बढी रहने बताएको हो । यस समयमा न्यूनतम तापक्रम दक्षिणी भुभागमा १० डिग्री सेल्सियस भन्दा तल झर्ने विभागले जनाएको छ ।
توقعات بتأثر البلاد برياح شمالية نشطة إلى قوية السرعة وأجواء مغبرة أحياناً مصحوبة بموجة باردة. #قطر
Northerly fresh to strong wind expected to affect the country accompanied with dusty conditions at times and a cold spell. #Qatar pic.twitter.com/jCpVLttsxY
— أرصاد قطر (@Qatar_Weather) February 5, 2020
त्यस्तै सोमबारदेखि बुधबार सम्म धुलो सहितको कडा हावाहुरी चल्दा जाडो बढी रहने विभागले बताएको छ ।
विभागले बुधबारसम्म समुन्द्री गतिविधि नगर्न र पछिल्लो मौसम अपडेटका लागि आफ्नो आधिकारिक समाजिक संजाल फलो गर्न पनि आग्रह गरेको छ ।