जाभी बार्सिलोना फर्कने
स्पेनिस लिजेन्ड जाभी हर्नान्डेज बार्सिलोना फर्कने भएका छन् ।
क्लबले हिजो उनलाई एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ ।
सन् २०१५ मा अल साद्द क्लबमा खेलाडीको रुपमा आएका जाभीले त्यसको दुई वर्ष पछि सोही क्लबको प्रशिक्षकमा परिणत भएका थिए ।
जाभीको प्रशिक्षणमा अल सादले खेलेको जम्मा ९५ खेलमा ६४ जित, १५ बराबरी र १६ हार बेहोरेको छ। बार्सिलोना लेजेन्डले अल सादलाई २०२०-२०२१ क्यूएनबी स्टार्स लिग , २०२० र २०२१ अमिर कप , २०२०-२०२१ कतार कप र २०१९ कतार सुपर कपको उपाधि दिलाएका छन् ।
सम्झौतामा तोकिएको रिलिज क्लजको भुक्तानी पछि क्लबको व्यवस्थापनले मुख्य प्रशिक्षक जाभी हर्नान्डेजलाई बार्सिलोनामा स्थानान्तरण गर्न सहमत भएको अल साद क्लबका सीईओ तुर्की अल अलीले बताएका छन् ।
“जाभी अल साद्दकाको इतिहासमा निकै महत्वपूर्ण व्यक्ति भएका छन् । हामी उनलाई आगामी बाटोको लागि सफलताको कामना गर्दछौ “, सिईओ अल अलिले बताएका छन् ।
उनले अब घरेलु कल्ब बार्सिलोनाको मुख्य प्रशिक्षकको पद सम्हाल्ने छन् ।