जुनसुकै देशबाट कतार आउँदा पिसिआर परिक्षण गर्नुपर्ने
कतारमा कोभिड-१९ को स्थिति बढे संगै सरकारले कतार प्रवेश गर्नेहरुको लागि मापदण्ड फेरबदल गरेको छ । नयाँ मापदण्डअनुसार अब कतार आउने जुनसुकै देशका नागरिकले अनिवार्य रुपमा भाइरसको जाँच (पिसिआर) गर्नुपर्नेछ । यसअघि नेपाल लगायत अन्य केहि देशका यात्रुलाई कतार एयरवेजले पिसिआर जाँच अनिवार्य गरेको थिएन ।
यस्ता छन् नयाँ मापदण्ड :
१. कतार प्रवेश गर्न कम्तिमा ७२ घण्टा अगाडि सरकारद्वारा मान्यता प्राप्त स्वास्थ्य केन्द्रमा पिसिआर जाँच गर्नुपर्ने । पिसिआर जाँचको नतिजा नेगेटिभ हुनुपर्ने ।
२. भाइरस देखिएको ६ महिना भित्र निको भएर कतार प्रवेश गरे क्वारेन्टाइनमा बस्ननपर्ने । तर निको भएको प्रमाणपत्र देखाउनुपर्ने र आउने बेला पिसिआर जाँच गर्नुपर्ने ।
३. भाइरसबाट निको भएका व्यक्ति भाइरस लागेका वा शंकास्पद अन्य व्यक्तिसंग १४ दिन भित्र सम्पर्कमा आए आफै आइसोलेसनमा बस्नपर्ने । त्यसपछि पुन पिसिआर जाँच गर्नुपर्ने । पिसिआर जाँच नेगेटिभ आए क्वारेन्टाइनमा बस्ननपर्ने ।
४. यो नियम अप्रिल २५ तारिक आइतबारदेखि लागू हुनेछ ।
५. कतारमै रहँदा भाइरस देखापरे आइसोलेसनमा बस्नुपर्ने । सर्ने किसिमको भाइरस भए १४ दिन र नसर्ने किसिमको भए ७ दिन आइसोलेसनमा बस्नुपर्ने । भाइरसका कारण आइसोलेसन वा अस्पतालमा बसेको समय बिरामी बिदामा गनिने ।
६. देशमा भाइरसको स्थिति अनुसार नियम फेरबदल भैरहने मन्त्रालयले बताएको छ ।