"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

जुलाई १७ बाट नेपालमा १ लाखभन्दा बढीको रेमिटेन्स भुक्तानी बैंक खाताबाट मात्रै

नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्स आउँदा एक लाख रुैयैयाँभन्दा माथिको भुक्तानी बैंक खतामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ । आगामी असार मसान्तसम्म २ लाख भुक्तानी गर्न पाइने र नयाँ आर्थिक वर्ष २०७५-७६ सुरु भएपछि साउन १ (जुलाई १७ तारिक) बाट भने १ लाखभन्दा बढी रेमिटेन्स भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार रेमिटेन्स कम्पनीबाट जारी गरिएका रेमिटेन्स कार्डमार्फत स्वदेशभित्र सम्बन्धित पक्षलाई रकम भुक्तानी गर्न सकिने छ । रेमिटेन्स कम्पनीले केन्द्रीय बैंकबाट वालेट सञ्चालन अनुमति लिई कारोबार सञ्चालन गरेको अवस्थामा विदेशमा नेपालीले पठाएको रकम नियमानुसार वस्तु तथा सेवाको भुक्तानी गर्न चाहे प्रतिमहिना २५ हजार रुपैयाँसम्म वालेटमा जम्मा गर्न सकिने छ।

 त्यसैगरी भुक्तानी सेवा प्रदायकले एजेन्ट वा सब–एजेन्टमार्फत वालेटमा एकपटकमा अधिकतम ५ हजारसम्म नगद जम्मा गर्न सक्नेछन् । प्रतिदिन अधिकतम १५ हजार र मासिक अधिकतम २५ हजारसम्म जम्मा गर्न सक्नेछन् । भुक्तानी गर्दा पनि यही दरका आधारमा गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।  आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button