"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

जो जहाँ छौं त्यहीँ बसौं, नेपाल जान हतार नगरौं : मेघराज सापकोटा

तपाई र तपाईंको परिवारको सुरक्षाको लागि पनि धैर्य बनौं !!

मेघराज सापकोटा

मेघराज सापकोटा

सापकोटा युएईमा रहेर समसामयिक विषयमा कलम चलाउँछन् र यो उनको नितान्त व्यक्तिगत विचार हो।

अहिले सम्म कोरोनो भाईरसको रोकथाम “लकडाउन” नै हो । जो जहाँ छ त्यहीँ बस्ने हो जब सम्म सम्बन्धित देश र बिश्व स्वास्थ्य सँगठनले यसको उन्मुलनको घोषणा गर्दैन वा सुरक्षाको प्रत्याभूति हुँदैन ।

नेपालमा कोरोना भाईरस दुबई, क़तार र फ्रान्सबाट लकडाउन हुनेभो भनेर सरकारले घोषणा गरेको लकडाउनलाई छल्न रातारात कुदेर जानेहरुले सारेको हो ।

भलै उनीहरुको उद्देश्य त्यसो गर्ने थिएन । तर हो के भने, उनीहरु भाईरस प्रभावित देशमा रहेको र भाईरस सर्ने पनि तिनै देशहरुबाट नै हुँदै गरेको अवस्थामा जो जहाँ छ त्यहीँ रहनु बुद्दुमता हुनेथियो । बाठो पल्टिएर रातारात कुद्नु हुन्थेन । कुदेर आफु त भाईरस संक्रमित भए भए देशलाई नै त्रसित बनाए ।

नेपालमा हाल संक्रमणमा परेकाहरुको त्यस्तो कुनै महत्वपूर्ण बिजनेस थिएन ताकि उनीहरु केही दिन नजाँदा बरबादै होस भन्ने त देखियो । अझ गएर होटलमा पार्टी, गाउँ गाउँ चाहारेर त्रास फैलाए । बुढाबुढी आमा-बा र आफन्तलाई सार्ने त्रासदी फैलाए ।

अझ पनि हामी जो जहाँ छौं त्यही बसौं । अहिले नै नेपाल जाने हतारो नगरौं । कथम कदाचित् भाईरस लागे हामी यहीँ सुरक्षित हुन्छौं । यहीँ राम्रो उपचार हुन्छ । अहिले भावनात्मक कुरा गर्ने समय हैन । आफु पनि बच्ने र अरुलाई पनि बचाउने समय हो । संसार लकडाउनमा छ । महामारी छ । यहाँ भोकमरी नै लाग्यो भने हुनेले सहयोग गरौं तर नेपाल जाने लैजाने कुरा नगरौं ।

तपाईंलाई कसैले जानी जानी दुख दिन लकडाउन गरेको हैन । खान र बस्न दुख भयो भने बिकल्प खोज्न सकिन्छ । यत्रो बर्ष त बिदेश बसियो अब केही दिन बस्न अत्यास नगरौं । तपाईंको जीवनको सुरक्षा भन्दा हतार अरु केही छैन ।

यो भिडियो नि हेरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button