"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

ट्याक्सीमा सवार भएरपनि लुसैल ड्राइभ थ्रु केन्द्रमा दोस्रो डोजको खोप लगाउन सकिने

लुसैलमा रहेको ड्राइभ थ्रु केन्द्रमा लगाइने कोरोना भाइरस विरुद्धको दोस्रो डोजको खोपका लागि अब आफ्नै गाडी बाहेक ट्याक्सीमा सवार भएर पनि खोप लगाउन सकिने भएको छ। सार्वजनिक स्वास्थ्य मन्त्रालय (एमओपीएच) ले आज आफ्नो ट्वीटरमा ट्वीट गर्दै अब ट्याक्सी बाट पनि उक्त खोप लगाउन सकिने जानकारी गराएको हो ।

हप्ताको सातै दिन बिहान ११ बजेदेखि राती १० बजे सम्म ड्राइभ थ्रु सेन्टर बाट दोस्रो डोजको खोप लगाउन सकिन्छ ।  तर याद रहोस् राती १० बजेका लागि भने तपाईंले राती ९ बजे भित्र नै प्रवेश गरी गरीसकेको हुनुपर्नेछ ।

कुन बेला व्यस्त रहन्छ ड्राइभ थ्रु केन्द्र  ?
प्राय : बिहान ११ बजे देखी दिउँसो १ बजेको बीचमा केन्द्र व्यस्त रहने गर्दछ । तपाईं खोप लगाउन जादै हुनुहुन्छ भने दिउँसो २ बजे देखी बेलुकी ७ बजे सम्मको समय उपयुक्त हुन सक्छ ।

के के चाहिन्छ ?

  • कतारी आईडी
  • हेल्थ कार्ड
  • भ्याक्सिनेसन् कार्ड (जुन तपाईंलाई पहिलो डोजमा दिएको थियो )
  • एह्तराज एप (हरियो कोड हुनुपर्ने )
  • मास्क लगाएको हुनुपर्ने

के अपोइन्टमेन्ट चाहिन्छ ?
दोस्रो डोजका लागि अपोइन्टमेन्ट चहिन्दैन ।

एकै गाडीमा साथी वा परिवारलाई नि लैजान सकिन्छ ?
एकै दिन आफ्नो साथी वा परिवारको पनि खोप लगाउने दिन परेको छ भने सकिन्छ ।  तर याद रहोस् एक गाडीमा,  गाडी चालक समेत जोडेर बढीमा ४ जना भन्दा सवार गर्न पाइने छैन ।

कहाँ छ यो केन्द्र ?
लुसैलमा अवस्थित लुसैल मल्टीप्रपोस हलको पछाडि ।

लिँक
https://goo.gl/maps/MXKMt1g2nAabAyJN6 

तस्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button