ट्राफिक जरिवाना बाँकि भएका व्यक्तिले कतार छोड्न नपाउने
सवारी जरिवाना बाँकि भएका व्यक्तिले कतार छोड्न नपाउने भएको छ ।
सेप्टेम्बर १ देखि लागू हुनेगरी कुनै किसिमका सवारी जरिवाना भएका चालकले जरिवाना भुक्तानी गरेपछि मात्र हवाई ,जमिन र समुन्द्री नाकाबाट देश छोड्न पाउने नियम सुरु भएको छ ।
गत मे २२ तारिक ट्राफिक विभागले गरेको पत्रकार सम्मेलन मार्फत उक्त नियमको घोषणा गरिएको थियो ।विभागले ट्राफिक नियम उल्लंघनको जरिवाना चाँडो तिर्न प्रोत्साहन गर्ने कदमको रूपमा कतारी नागरिक, बासिन्दा, आगन्तुक र जिसिसी देशका नागरिकहरूलाई गएको जुन देखि अगस्ट महिनासम्म जरिवानामा ५० प्रतिशत छुट दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
11
मनपर्यो
5
खुसी लाग्यो
18
दुःख लाग्यो
6
रुन मन लाग्यो
2
हाँसो लाग्यो
1
रीस उठ्यो