ट्राफिक जरिवानामा ५० प्रतिशत छुट हुने
डिसेम्बर १८ देखि तीन महिना ट्राफिक जरिवानामा ५० प्रतिशत छुट हुने ट्राफिक विभागले बताएको छ ।
कतारको राष्ट्रिय दिवसको अवसर पारेर ट्राफिक उल्लंघनको भुक्तानीलाई सहज बनाउन यस्तो पहल सुरु गरिने विभागले आज भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
पहल अनुसार ट्राफिक नियम उल्लङ्घन गरी तिर्न बाँकि जरिवाना चालकले आगामी तीन महिनाभित्रको समयसीमामा तिरे ५० प्रतिशत छुट पाउनेछन् । जरिवाना मेट्राश २ एप मार्फत भर्न सकिन्छ ।
राडार,ट्राफिक प्रहरीले समातेको,सवारी जफत लगायतको जरिवानामा आधा छुट हुनेछ ।
आगामी वर्ष देखि ट्राफिक उल्लङ्घनका सम्बन्धमा कडा कानुनी प्रक्रिया सुरु हुने भएकाले यस पहलबाट लाभान्वित हुन ट्राफिक महानिर्देशनालयका महानिर्देशक ब्रिगेडियर मोहम्मद अब्दुल्लाह अल शाहवानीले चालकहरुलाई आग्रह गरेका छन् ।
अर्को वर्ष देखि नयाँ नियम लागू भएको दुई महिना भित्र जरिवाना नतिरे सार्वजनिक मुद्दा लगाइने विभागले बताएको छ ।
One Comment