ट्राभल परमिट लिएको १० दिन भित्र कतार छोड्न पर्ने
आममाफीको समयमा कार्यालय आई गैरकानुनी अवस्था सच्याएर ट्राभल परमिट लिएका अवैध व्यक्तिले दस दिन भित्र कतार छोड्न पाउने आन्तरिक मन्त्रालयले बताएको छ ।
कतारमा अहिले विभिन्न कारणले गैरकानुनी भएका व्यक्तिको लागि आममाफीको समय चलिरहेको छ ।
गएको अक्टोबर १० तारिक देखि सुरु भएको आममाफीको समयावधि मार्च ३१ सम्म रहेको छ । आईडीको म्याद सकिएका,बिना वर्क परमिट काम गरिरहेका र फेमिली भिसाको नियम पालना नगरेका गैरकानुनी हैसियतका कामदारलाई सरकारले बिना कैद र बिना जरिवाना सहितको कानुनी हैसियत संशोधण गर्न लागेको आन्तरिक मन्त्रालयले बताएको छ ।
यस विषयमा हामीलाई सोधिएका प्रश्न र त्यसको उत्तर
१. को कसले आममाफी पाउने ?
कम्पनी छोडेर भागेका कामदार , भिजिट वा अन्य कुनै भिसामा कतार आई आफ्नो भिसाको म्याद सकेर अवैध रुपमा बसेका व्यक्तिले अहिले बिना कुनै जरिवाना र जेल सजाय नभोगी सजिलै संग आफ्नो देश फर्कन पाउनेछन् ।
२. प्रहरीले पक्राउ गर्छ कि गर्दैन ?
आममाफीको प्रकृयामा सहभागी हुन कार्यालय आएका अवैध व्यक्तिलाई प्रहरीले पक्राउ गर्दैन ।
३. के के कागजात चाहिन्छ ?
आममाफीमा सहभागी भै आफ्नो देश फर्कन आफ्नो राहदानी र आफ्नै खर्चमा लिएको हवाई टिकट भए पुग्छ । सरकारले हवाई टिकट उपलब्ध गराउने छैन ।
४. कति शुल्क लाग्छ ?
आममाफीको प्रक्रिया बाट नेपाल फर्कन कुनै शुल्क लाग्दैन ।
५. कति समय लाग्छ ?
मन्त्रालयको कार्यालयमा गएर प्रकृया पूरा गर्न ५ मिनेट भन्दा कम समय लाग्नेछ ।
६. कार्यालयमा के गर्छ ?
मन्त्रालयले राहदानी र टिकट लिई आएका अवैध व्यक्तिको नाम आफ्नो सिस्टम बाट हटाएर एग्जिट (खुरुज) पेपर दिनेछ ।
७. अहिले गएर नयाँ भिसामा आउन सकिन्छ ?
सरकारको यस अभियानको प्रक्रिया पालना गरि स्वदेश फर्केका व्यक्ती तुरुन्तै नयाँ भिसामा कतार फर्कन पाउनेछन् ।
८. अवैध व्यक्तिले कम्पनी चेन्ज गर्न पाउँछ ?
आईडीको म्याद भएका व्यक्तिले कम्पनी फेर्न पाउनेछन् । त्यस्तै नयाँ कम्पनीले जिम्मा लिने अवस्थामा आईडीको म्याद नभएकाले पनि कम्पनी फेर्न पाउनेछन् । त्यसका अलावा ५० प्रतिशत जरिवाना तिरेर पनि कम्पनी परिवर्तन गर्न पाइन्छ ।
९. कम्पनीले भागेको भनेर उजुरी गरेको भएपनी नेपाल जान पाउँछ ?
पाउँछ । कम्पनीले भागेको भनेर उजुरी गरेको भएपनी सो प्रक्रिया पूरा गरि नेपाल जान पाउँछ ।
१०. केस चलिरहेको व्यक्ति पनि जान पाउँछ ?
विभिन्न अपराधिक क्रियाकलापमा सम्लग्न भै मुद्दा चलिरहेको व्यक्ति नेपाल जान पाउँदैन ।
११. कहाँ जानुपर्छ ?
आममाफी प्रकृयामा सहभागी हुन त्यस्ता कामदार वा रोजगारदाताले मन्त्रालयको कार्यालयमा दिउँसो १ देखि बेलुका ६ बजे भित्र गएर आफ्नो कागजपत्र बुझाउनु पर्नेछ ।
लोकेसन सहित
१. सर्च एन्ड फलो अप डिपार्टमेन्ट
३. उम सुनैम सर्भिस सेन्टर
One Comment