"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

तनहुँ सेवा समाजले वनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने

रेशम तामाङ

अङ्ग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर तनहुँ सेवा समाज कतारले शुभकामना आदानप्रदान सहितको वनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।कार्यक्रम जनवरी २६ तारिख उमसलाल अली स्थित अल्दार क्लबमा हुने तय गरिएको छ।कार्यक्रमको टिकट दर ३५ रियाल तोकिएको छ।

कार्यक्रममा प्रस्तुति दिनका लागि मोडल तथा नृत्यांगना एलिना देउजा नेपाल बाट आउँदैछिन्।देउजा सँगै कार्यक्रममा गायक रितकुमार श्रेष्ठ,गायिका देवीका केसी लगायतका अन्य थुप्रै स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ।

संस्थाले बृद्धाश्रम सहयोगार्थ केही समय अगाडि सुरु गरेको “न्यानो कार्यक्रम” नामक भाग्यशाली चिठ्ठाको नतिजा पनि सोही कार्यक्रममा निकाल्ने आयोजक पक्षले जानकारी दिएको छ।

सन् २००३ मा “सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको योगदान”भन्ने मूल नाराका साथ स्थापित तनहुँ समाज सेवा समाजले वर्षेनी गर्दै आइरहेको यो कार्यक्रम २०१८ सालमा पनि निरन्तरता दिन लागेको हो।कार्यक्रममा तनहुँबासी सँगै अन्य गैर तनहुँबासी गरेर झण्डै सात सय नेपाली उपस्थित हुने संस्थाले अनुमान गरेको छ।कार्यक्रमको व्यापक प्रचार प्रसार गर्न संस्था यतिखेर तिब्र गतिमा लागिपरेको छ।

कार्यक्रम नजुधाउन आग्रह

संस्थाको उक्त दिन हुने कार्यक्रम सँग अन्य कार्यक्रम नजुधाइदिन कतारमा स्थापित विभिन्न संघ संस्थाहरुलाई तनहुँ सेवा समाजले विशेष आग्रह समेत गरेको छ।एकै दिन धेरै कार्यक्रम आयोजना गर्दा सबै पक्षलाई असहजता हुने समाजले बताएको छ।

कार्यक्रम स्थल जाने बाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button