तलब नदिने ३१४ कम्पनी कारबाहीमा परे
तलब नदिने ३१४ कम्पनी कारबाहीमा परेका छन् ।
अक्टोबर र नोभेम्बर महिनाभित्र श्रम मन्त्रालयले गरेको निरीक्षणमा सार्वजनिक सेवा र निर्माण क्षेत्रका ती कम्पनीहरुले आफ्नो कामदारलाई तलब दिन ढिला गरेको वा तलब नै नदिएको भेटिएको छ । मन्त्रालयले श्रम कानून उल्लंघन गर्ने ती कम्पनीहरुलाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको बताएको छ ।
यद्यपि कारबाहीमा पर्ने कम्पनीको नाम र सजायबारे मन्त्रालयले केही खुलाएको छैन । श्रमिकको हकहित र सुरक्षाका लागि आफू सधै सचेत रहेको मन्त्रालयले बताएको छ ।
प्रवासी कामदारहरूको हक अधिकार सुनिश्चित गर्न र रोजगारदाताले श्रम कानून नियमन गरेको नगरेको निरीक्षण गर्न मन्त्रालयले गुणस्तर अभियान जारी राखेको मन्त्रालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
39
मनपर्यो
185
खुसी लाग्यो
19
दुःख लाग्यो
3
रुन मन लाग्यो
30
हाँसो लाग्यो
8
रीस उठ्यो
Goverment should do phisical audit of wage and salary from all employee under the delay payment or not follow wps law