तीन दिनमा विमानस्थलबाट ४७ किलो बढी सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बुधबार पनि १५ किलो १६ ग्राम सुन बरामद गरेको छ ।
झिटिगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको तेस्रो दिन ३२६ यात्रुबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।
सुन ल्याउने यात्रुहरु मलेसिया, दुबई र कतारहुँदै नेपाल आएका हुन् । तीन दिनदेखि जारी अभियानमा बुधबार मध्यरातसम्म ९६२ यात्रुले सुन बोकेर नेपाल आएको पाइएको छ । यसरी नेपाल भित्र्याइएको सुनको कुल परिमाण ४७ किलो १६ ग्राम पुगेको छ ।
हालसम्म ४१० यात्रुले नियमअनुसार लाग्ने राजश्व तिरेर १३ किलो १२ ग्राम सुन फिर्ता लगेका छन् । यसबापत एक करोड २६ लाख ८७ हजार ४०५ रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
21
मनपर्यो
41
खुसी लाग्यो
75
दुःख लाग्यो
10
रुन मन लाग्यो
21
हाँसो लाग्यो
251
रीस उठ्यो
One Comment