दल्ला ड्राइभिङ एकेडेमीले दिदैछ नेपालीलाई भारी छुट
कतारमा सवारी चालक अनुमतिपत्र पाउन पहिले जस्तो सजिलो छैन् । कतार सरकारले सडक निर्माणको कार्य सम्पन्न नहुन्जेल यातायात ब्यवस्थापन गर्न धेरै जसो पेशामा अनुमतिपत्र लिन रोक्दै आइरहेको छ । आफ्नो पेशाले सवारी लाइसेन्स लिन पाईन्छ की पाईदैन भनेर सर्वप्रथम बुझ्न आवश्यक छ ।
कतारमा १८ वर्ष उमेर भन्दा माथीकाले कार र मोटर साईकल र २१ वर्ष माथीकाले सबै खालको सवारी अनुमतिपत्र लिन पाउने प्रावधान रहेको छ ।
सवारी चालक अनुमतिपत्र पाउन पुरा गर्न पर्ने प्रक्रिया यस्ता छन्
१. सबैभन्दा पहिले तपाईको रोजगार पदले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन पाईन्छ कि पाईदैन त्यो बुझ्न जरुरी छ ।
* याद राख्नु होला सबै लेबर, मेकानिक, सहायक पदहरुले कार, ट्रक, टेलर र क्रेन लिन पाउदैनन् तर फोर्क्लिफ्ट, सावेल , मोटरसाइकल र एक्सावेटर भने सिक्न सक्नेछन् ।
लाइसेन्स लिन नपाउने जागीरका पदहरू हेर्न यहाँ थिच्नुहोस्।
२. हल्का अनुमति पत्रको लागि उमेर कम्तिमा १८ र हेभी अनुमति पत्रको लागि २१ वर्ष पुगेको हुनुपर्दछ ।
३. आवश्यक पर्ने कागजपत्रहरु
♠ कतारी आइडी, भिसा भएमा पासपोर्टको फोटोकपी, ३ वटा पासपोर्ट साईजको कलर फोटो पेश गर्नपर्दछ ।
♠ आफ्नो स्पोन्सर बाट अन्लाईन “नो अबजेक्सन” (मेट्राश ) लेटर, स्पोन्सरको आइडी कपी वा कम्पनी को दर्ता पत्रको कपी लिन पर्दछ ।
४. ट्रायलको लागि आखाँको जाँच पनि पास गर्नपर्दछ । आखाँको जाँच गर्दा चस्मा लगाउन भनेमा फोटो चस्मा भएको हुनुपर्छ ।
आखाँको जाँच प्राय सबै ड्राइभिङ स्कुलमा नै वा कुनै पनि आधिकारिक मेडिकल बाट लिन सकिन्छ ।
५. सबै कागजपत्र संगै निवेदन पेश गरेपछि कतार सरकार बाट मान्यता प्राप्त ड्राइभिङ्ग स्कुल बाट ट्रेनिङ्ग लिन पर्दछ । ड्राइभिङ्ग स्कुल बाट कम्तिमा ५ दिन ३० मिनेटको थेवरी क्लास र २० घन्टा प्य्राक्टिकल क्लास लिनपर्दछ । प्रशिक्षणको शुल्क सिक्ने सवारी साधन अनुसार २८०० देखी ४१०० सय कतारी रियाल सम्म लाग्दछ ।
सबै प्रक्रिया पुरा गरेपछि मात्र ट्रायल दिन पाईन्छ । रोडमा दुई पटक फेल भएमा पुन आधा कोर्समा भर्ती हुन सकिनेछ । यदी तपाईं सँग गल्फको लाइसेन्स छ भने डाइरेट टेस्ट दिन सक्नु हुनेछ । डाइरेट टेस्टमा तपाईंले सिग्नल र रोडको जाँच दिनु पर्नेहुन्छ ।
दल्ला ड्राइभिङ एकेडेमीमा भारी छुट
सनैया ग्राण्ड मल र बर्वा सिटी को बिचमा पर्दछ दल्ला ड्राइभिङ्ग एकेडेमी साथैमा कर्वा स्कुल र उसैको मुख्य कार्यालय रहेता पनि छिट्टै समयमा नै दल्ला ड्राइभिङ्ग कतारका अरु ड्राइभिङ्ग स्कुलहरु भन्दा उत्कृष्ट बन्न सफल भनेको छ । दल्ला बाट अनुमतिपत्र पाउन अहिले अधिक समय लागेता पनि नजितामा भने अरु स्कुलको भन्दा धेरै राम्रो छ । विध्यार्थीका लागि आवत जावतको राम्रो व्यवस्था समेत रहेको हुँदा तपाईंहरुका लागि उपयुक्त हुन सक्दछ दल्ला ड्राइभिङ्ग ।
के-के छ त छुटमा ?
पूरा कोर्समा – २५० कतारी रियाल छुट
+ गाडीको व्यवस्था
+ पाँच दिनको सिमुलेटर कक्षा सितैमा
कस्लाई सम्पर्क गर्ने ?
दल्ला ड्राइभिङ्ग एकेडेमी, इन्डस्ट्रियल एरिया
प्रशासक शाखामा काम गर्ने नेपाली निमा भुसाल लाई ।
फोन नं : 77939893 | nimabhusal@gmail.com