दूतावासले संविधान दिवस मनाउने
कतारस्थित नेपाली दूतावासले संविधान दिवस मनाउने भएको छ।
सातौ राष्ट्रिय तथा संविधान दिवसको अवसर पारेर दूतावासले आफ्नै प्राङ्गणमा सेप्टेम्बर १९ तारिख बिहान ९ बजे बाट कार्यक्रम आयोजना गर्न लागेको छ ।
दूतावासले सो कार्यक्रममा प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी, समाजसेवी एवम् कतारस्थित विभिन्न संघसंस्थामा आबद्ध भएका र सम्पूर्ण कतारबासी नेपालीमा हिजो सूचना प्रकाशित गर्दै उपस्थितिका लागि अनुरोध गरेकोे छ ।
कार्यक्रममा सहभागी हुन ५५११८३४५ नम्बरमा व्हाट्स एप मार्फत १५ सेप्टेम्बर भित्र आफ्नो नाम टिपाउन दूतावासले जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
1
मनपर्यो
109
खुसी लाग्यो
14
दुःख लाग्यो
2
रुन मन लाग्यो
79
हाँसो लाग्यो
11
रीस उठ्यो