देशभर धुलो सहितको हावाहुरी , जाडो बढ्ने
उत्तरपश्चिमी वायुको प्रवाभले आज देशका प्राय स्थानमा धुलो सहितको कडा हावाहुरी देखिएको छ । वायुकै प्रभावका कारण आज बाट तापक्रममा गिरावट आई जाडो बढ्नेछ।
विभागले जारी गरेको रिपोर्ट अनुसार सो समयमा उच्च तापक्रम १८ देखि २४ र न्युनतम तापक्रम १० देखि १७ डिग्री बिच रहनेछ । धुलोको कारण कम प्रत्यक्षता संगै कडा हावाहुरी यो हप्ताभरि रहने मौसम विभागले जानकारी दिएको छ । यस अवधिभर समुन्द्री क्रियाकलाप नगर्न र बाहिर निस्किदा सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
धुलोको समयमा सवारी चालकले ध्यान दिनुपर्ने कुराहरु
१.अत्यावश्यक अवस्थामा मात्र सवारी चलाऔ यस्तो समयमा सवारी चाप बढी हुनेभएकोले सकेसम्म सवारीको प्रयोग नगर्दा नै बेस हुनेछ । चलाउनै परेको अवस्थामा कम गतिमा वा धैर्यताका साथ चलाउनुहोस ।
२.बाटोमा ध्यान दिनुहोस धुलोको कारण कम प्रत्यक्षता र सवारी चाप बढी हुने भएकोले बाटामो ध्यान दिन उचित हुनेछ । मोबाईल फोनमा व्यस्त हुँदा दुर्घटना हुने खतरा बढी हुन्छ ।
३.ठुलो हेडलाईटको प्रयोग नगर्नुहोस धुलोको बेला सानो हेडलाइट प्रयोग गर्दा बेस हुनेछ । कुहिरोको बेला बाल्ने लाइट प्रयोग गर्दा अझ बेस हुनेछ ।४
५.सडकको लेन नबदल्नुहोस प्रत्यक्षता कम भएको बेला सडकको लेन बदल्दा दुर्घटना हुने खतरा बढ्दछ । लेन नबदल्न सडकको बाँया पट्टी रहेको सेतो धर्का पछ्याउनुहोस ।
६.अर्को सवारीको आवाज सुन्नुहोस सवारी भित्र बढी आवाजमा गाना बजाउँदा वा सवारी तीब्र गतिमा कुदाउँदा नजिकको सवारी बाट आएको आवाजमा ध्यान नजान सक्छ । त्यसैले प्रत्यक्षता कम भएको बेला नजिकको सवारीे प्रति बढी ध्यान दिनपर्नेहुन्छ । सवारीको झ्याल केही खोल्नुहोस ।
७.वाइपरको प्रयोग गर्नुहोस साथै सवारी कम्तिमा १ मिटर दुरीमा राख्नुहोस ।
८.सडकको बिचमा सवारी नरोक्नुहोस व्यस्त सडकको बिचमा सवारी रोक्दा पछाडी बाट आउने सवारीले नदेख्न सक्छ । रोक्नै परेमा सडकको किनारमा हुने पार्किङ्ग एरियामा रोक्नुहोस ।
धुलोको समयमा सबैले ध्यान दिनुपर्ने कुराहरु
१. धुलोको समयमा सकेसम्म बाहिर ननिस्किनुहोस। निस्किनै परे मास्कको प्रयोग गर्नुहोस।
२.वृद्ध मानिस,दमको रोगी लगायत भर्खरै आँखा,नाक र मुखको सर्जरी गरेकाहरु धुलो बाटा ताधै बस्नुहोस।
३.आँखा ,नाक,कान र मुख बारम्बार धोइ राख्नुहोस।
४.आँखा नमाड्नुहोस।
५. कुनै एलर्जी देखा परे नजिकैको क्लिनिक जानुहोस।