दैनिक ६८१ जनाको हाराहारीमा कोरोना संक्रमण
कतारमा कोरोना संक्रमितको संख्या यो हप्ता केही घटेको छ । पछिल्लो २४ घन्टामा देशभर ७१२ जनामा भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
संक्रमित मध्ये ६०५ जना स्थानीय र १०७ जना अन्य देशबाट आएका यात्रुहरु हुन् ।
मन्त्रालयले गत महिनादेखि साप्ताहिक रुपमा मात्रै कोरोनाभाइरसको रिपोर्ट सार्वजनिक गर्ने गरेको छ ।
यस्तो छ हाराहारीमा साप्ताहिक रिपोर्ट
दैनिक संक्रमितको संख्या (स्थानीय) : ६८१
दैनिक संक्रमितको संख्या (यात्रु) : १०६
निको हुन बाँकि : ६,२१७
दैनिक निको हुनेको संख्या : ९०४
हालसम्म निको हुनेको संख्या : ४,०८,२३१
अस्पतालमा : १०९ जना
दैनिक अस्पताल भर्ना : २१ जना
गएको हप्ता ज्यान गुमाउनेको संख्या : ० जना
जम्मा ज्यान गुमाउनेको संख्या : ६८१ जना
दैनिक जाँच : २१,५७१ जना
हालसम्म जाँच भएको संख्या : ३७,८०,७२९ जना
दैनिक खोप लगाउनेको संख्या : २,४३२ जना
हालसम्म खोप लगाउनेको संख्या : ७३,३९,०४८ जना
हालसम्म बुस्टर डाेज लगाउनेको संख्या : १८,३६,०७८ जना