बिज्ञापन

दोहा विश्वकै दोस्रो सुरक्षित शहर

कम अपराध दर कायम गर्दै विश्व सुरक्षा स्थितिको आधारमा कतारको दोहा दोस्रो सुरक्षित शहर बन्न सफल भएको छ । त्यस्तै कतार विश्वकै सुरक्षित राष्ट्र पनि बनेको छ ।

ग्लोबल क्राइम इन्डेक्स (नम्बिवो) ले ४५९ सहरमा गरेको वार्षिक प्रदिवेदन अनुसार कतार विश्व वरीयतामा ८६.१७ अङ्कका साथ दोस्रो स्थानमा परेको छ । रिपोर्ट अनुसार कतारको अपराध दर १३.८३ रहेको छ ।

नम्बिवोले गरेको तथ्यांकअनुसार सुरक्षित सहरको प्रथम स्थानमा भने युएईको अबुधाबी सहर परेको छ । अबुधाबी संगै शीर्ष १० सुरक्षित शहरहरूमा ताइपे, क्युबेक सिटी,ज्यूरिख, शारजाह,सन सबास्टन ,म्युनिक र ट्रिस्टे समावेश छ ।

यसअघि कतार सन् २०१५ मा नवौ,२०१६ मा सातौ ,२०१७ , २०१९ र २०२० मा पहिलो,२०१८ मा दोस्रो र २०२१ मा दोस्रो सुरक्षित राष्ट्र बनेको थियो ।


बिज्ञापन:

कतार नेपाल अनलाइन श्रम सेवा

बिदामा नेपाल गएको बेला वा कतारमै बसेर बिना झन्झट शुलभ शुल्कमा अनलाइन मार्फत पुनः श्रम स्वीकृति , म्यादी बिमा र राजश्व तिर्नको लागि भरपर्दो माध्यम ।

सम्पर्क नम्बर : ९८१०३०२३१५ (नेपाल), ७०२८९६९३ (कतार)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
32
मनपर्‍यो
खुसी लाग्यो
15
खुसी लाग्यो
दुःख लाग्यो
8
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
5
रीस उठ्यो
बिज्ञापन
Back to top button