"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

धोनी र चहलले दिलाए भारतलाई शृंखला

अष्ट्रेलिया विरूद्धको एकदिवसीय शृङ्खला भारतले २ – १ ले जितेको छ । तेश्रो तथा अन्तिम खेल ७ विकेटले जित्दै उसले शृंखला आफ्नो पक्षमा पारेको हो । कङ्गारु टोलीले दिएको २३१ रनको लक्ष्य भारतले ४ बल बाँकी छँदै ३ विकेटको क्षतिमा भेट्टाएको थियो । भारतलाई जितसम्म पुर्याउन महेन्द्र सिंह धोनीले महत्त्वपूर्ण भूमिका खेले । म्यान अफ दि सिरीज भएका उनले अविजित ८७ रनको योगदान गरे । त्यस्तै केदार जाधवले नट आउट ६१ रन जोड्दा विराट कोहलीले ४६ रन बनाए । अष्ट्रेलियाबाट मार्कस स्टोइनिस, पोटर सिडल र जाइ रिचर्डसनले समान १ – १ विकेट लिए ।

यसअघि मेलबर्नमा घरेलु टोलीले टस हारेर पहिले ब्याटिङ गर्दै ४८.४ ओभरमा २३० रनमा अल आउट भएको थियो । उसका लागि पिटर ह्याण्डकम्बले सर्वाधिक ५८ रनको योगदान गरे । सन मार्स भने ३९ रनको व्यक्तिगत स्कोरमा चहलको बलमा धोनीबाट स्टम्प आउट भए । उस्मान ख्वाजाले पनि ३४ रन बनाए । म्यान अफ दि म्याच युजवेन्द्र चहलले १० ओभरको स्पेलमा ४२ रन खर्चँदै ६ विकेट लिए । भुवनेश्वर कुमार र मोहम्मद सामीले पनि समान दुई दुई विकेट लिए । यससँगै भारतले अष्ट्रेलिया भ्रमणको पनि सुखद अन्त्य गरेको छ । टि-ट्वान्टी बाराबरीमा टुङ्गाएनो भारतले टेष्ट शृंखला पनि जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button