नक्कली कम्पनी खोलेर भिसाको व्यापार गर्ने नौ जना पक्राउ
नक्कली कम्पनी खोलेर भिसा व्यापार गर्ने नौ जना अभियुक्तलाई अपराध अनुसन्धान विभाग (सिआईडी)ले पक्राउ गरेको छ।
प्रलोभन देखाएर नागरिकलाई ठगी गर्ने काममा संलग्न रहेको अभियोगमा अरब र एसियाली मुलुकका ९ आप्रवासीलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।
अनुसन्धानको क्रममा हुँदै नभएको कम्पनी खोलेर तीन व्यक्तिले भिसा बेच्ने गरेको खुल्न आएको हो।
अरब तथा एसियन मुलका उनीहरूको साथबाट कम्पनीको स्ट्याम्प, कागजपत्र र केही क्रेडिट कार्ड सहित पक्राउ गरिएको थियो ।
अभियुक्तहरुलाई थप कानुनी प्रक्रियाको लागि हिरासतमा राखिएको छ।आफ्नो सुरक्षाका लागि स्थानीय तथा आप्रवासी नागरिकहरूले शंकास्पद क्रियाकलापको सम्बन्धित कार्यालयमा उजुरी गर्न मन्त्रालयले आग्रह गरेको छ।