"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

नाईजेरियाको जित संगै अर्जेन्टिनाको नकआउट चरणमा प्रवेश गर्ने संभावना जिवितै

रसियामा जारी विश्वकप फुटबलमा समूह ‘डी’मा रहेको नाईजेरियाले पहिलो जित दर्ता गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा आईसल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै नाईजेरियाले पहिलो जित दर्ता गरेको हो । जितसंगै नाईजेरिया ३ अंकका साथ समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

नाइजेरियालाई जित दिलाउन अहमद मुसाले दुई गोल गरे । पहिलो हाफमा बराबरी खेलेको नाईजेरिया दोस्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको थियो । खेलको ४९ औं मिनेटमा मुसाले आकर्षक गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए ।

लगातार दवाब बनाएको नाईजेरियाले ७५ औं मिनेटमा मुसाको अर्को गोलले अग्रता दोब्बर बनायो । मुसाले डिफेन्डर र गोल किपरलाई छक्याउँदै आकर्षक दोस्रो गोल गरे । आजको खेलका नायक सावित भएका उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

खेलमा आइसल्याण्डले थुप्रै राम्रा अवसर पाएपनि गोल गर्न सकेन् । खेलको अन्त्यतिर पाएको पेनाल्टीमा समेत गोल गर्न नसकेपछि आईसल्याण्ड अभागि सावित भयो । 

अर्जेन्टिनाको नकआउट चरणमा प्रवेश गर्ने संभावना जिवितै

रसियामा जारी विश्वकप फुटबलमा समूह ‘डी’मा दाबेदार मानिएको टोली अर्जेन्टिनाको नकआउट चरणमा प्रवेश गर्ने संभावना कायमै रहेको छ । शुक्रबार राती सम्पन्न खेलमा नाईजेरियाले आईसल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेसंगै अर्जेन्टिनाको गणितिय संभावना बाँकी नै रहेको हो ।

समूहका सबै टिमले दुई–दुई खेल खेल्दा क्रोशिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । शुक्रबारको जितसंगै नाईजेरिया ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

यस्तै समान एक–एक अंक रहेको आईसल्याण्ड तेस्रो र अर्जेन्टिना चौथो स्थानमा रहेको छ । गोल अन्तर हेर्दा आइसल्याण्डको –१ रहेको छ भने अर्जेन्टिनाको –३ रहेको छ । यी सबै टिमको अब एक–एक खेल खेल्न मात्र बाँकी छ । अन्तिम खेलमा क्रोशिया र आईसल्याण्ड भिड्ने छ भने अर्को खेलमा अर्जेन्टिना र नाईजेरिया भिड्ने छ ।

क्रोशियाले आईसल्याण्डलाई र अर्जेन्टिनाले नाईजेरियालाई पराजित गरेमा क्रोशिया र अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्नेछन् । तर आईसल्याण्डले क्रोशियालाई हराउने र अर्जेन्टिनाले नाईजेरियालाई हराएमा गोल अन्तरको आधारमा एक टिम नकआउट चरणमा प्रवेश गर्नेछ । तर नाईजेरियासंग अर्जेन्टिना पराजित भएमा साविक उपविजेता अर्जेन्टिना पहिलो चरणबाटै घर फिर्ति हुनेछ । त्यसैले अन्तिम खेलमा अर्जेन्टिनाले नाईजेरियालाई हराउनै पर्ने हुन्छ । – नारायणी अन्लाईन 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button